२६ बैशाख २०७४, मंगलवार

काठमाडौं । फिल्म ‘सायद २’ का निर्माता सुनिल रावल, अभिनेता सुशिल श्रेष्ठ र २ जना रंगपत्रकार जापान पुगेका छन्् । जापानको राजधानी टोकियो स्थित नाकानो जिरो हलमा हुन गईरहेको ‘सायद २’ को बिशेष प्रिमिएर शोको लागि निर्माता रावल,अभिनेता श्रेष्ठ, पत्रकार सचित खड्का र श्याम अर्याल जापान पुगेका हुन् ।


जापानमा रहेका नेपाली दर्शकहरु माझ भब्य रुपमा बिशेष प्रदर्शनी शो यहि मे को १४ तारिखमा हुँदैछ । ‘सायद २’को सो बिशेष प्रदर्शनी शोमा जापानमा रहेका सम्पूर्ण नेपालीहरुलाई उपस्थिति हुनको लागि निर्माता सुनिल रावलले आग्रह गरेका छन् । जापानको दर्शकहरुको अत्याधिक माग भएकाले नेपालको रिलीज अगावै जापानमा बिशेष प्रदर्शनी शोको आयोजना गरिएको अर्का निर्माता इश्वोर श्रेष्ठ बताउँछन् ।
साथै फिल्मले जापानको सो बिशेष प्रदर्शनी शोमा आउने सबै दर्शकहरुको मन जित्ने विश्वास समेत उनले ब्यक्त गरे । जापानको सो विशेष प्रर्दशनी शो बाट संकलित रकम मध्ये केही जापानमै रहेका सुदूर पश्चिमका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृतिको लागि सहयोग प्रदान गरिने पनि निर्माता श्रेष्ठले जानकारी गराए ।

‘सायद २’ सायद फिल्मको दोस्रो सिक्वेलको रुपमा सुनिल रावलले निर्माण गरेका हुन् । फिल्मले पछिल्लो युवा पुस्ताको ताजा कथालाई पर्दामा प्रस्तुत गर्ने निर्माण पक्षको भनाई छ । साथै फिल्मले युवा पुस्ताको अहिलेको समस्या र समाधानको साथमा सबैलाई केहि गहकिलो सन्देश प्रदान गर्ने पनि निर्माण पक्षको दाबी छ ।

फिल्ममा सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना, सोभित बस्नेत, कुशल पाण्डे, सुनिल रावल, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धि लाल मगर लगायले लीड रोलमा अभिनय गरेका छन् । दुर्गिश फिल्मस्को ब्यानरद्वारा निर्मित फिल्ममा सुनिल रावलको कथा, राजु विक्रम थापाको छायांकन, अष्ट महर्जनको द्वन्द र गोविन्द राई र विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।

असार ३० गते देखि देशभर देखि रिलिजमा आउँदै गरेको ‘सायद २’को लेखन तथा निर्देशन पुष्पराज टि न्यौपानेले गरेका हुन् भने निर्माताको रुपमा सुनिल रावल, इश्वोर श्रेष्ठ र सुवास लामिछाने रहेका छन् ।

LIVE TV