२६ बैशाख २०७४, मंगलवार

दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । निर्वाचनमा वामपन्थी झुकाव राख्ने मून जे इन र मध्यमार्गी बिचारका आन चल सूबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

कार्यकाल पूरा गनुअघि नै राष्ट्रपति पार्क गुन हेलाई भ्रष्टाचारको आरोपमा महाभियोग लगाएर पदबाट बर्खास्तपछि नयाँ राष्ट्रपति चयन गर्न आज मतदान भएको हो ।

मत सर्वेक्षणमा भने मू जे–इनको जित सुनिश्चित रहेको यसअघि नै देखाइएको छ । सन् २०१२ मा भएको राष्ट्रपतीय निर्वाचनमा सामान्य मतअन्तरले पार्क गुन हेसँग पराजित भएका मू जे इन पुनः चुनावी मैदानमा उत्रिएका हुन् ।

पछिल्ला दिनमा दक्षिण कोरिया र उत्तर कोरियाबीचको दुरी बढ्दो क्रममा रहेका बेला राष्ट्रपतिका उम्मेदवार इन उत्तर कोरियासँग सम्पर्क बढाउने पक्षमा छन् । तर यसअघिका राष्ट्रपति हेले प्योङप्याङसँगको सम्बन्ध अन्त्य गरेका थिए ।

LIVE TV