२६ बैशाख २०७४, मंगलवार

काठमाडौं । म्यादी प्रहरीका लागि पोसाक खरिद गर्ने क्रममा निकै ठूलो भ्रष्टाचार भएको प्रहरी उच्च स्रोतले बताएको छ । आसन्न्न स्थानीय निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरी भर्ना गरिएको छ ।

उनीहरूको लत्ताकपडाका, लाठी सिठ्ठीका लागि प्रतिव्यक्ति सात हजार एक सय रुपैयाँका दरले बजेट मागिएको थियो । यसरी हुन आउने जम्मा ५२ करोड रकम सरकारले तत्काल उपलब्ध गराएको थियो । निर्वाचन तयारीका लागि समय कम र आईजीपी नियुक्तिमा लफडा भएकाले टेन्डरद्वारा खरिद गर्न समय पुगेन । नवनियुक्त आईजीपी प्रकाश अर्यालले कपडाका लागि जिल्लामै रकम पठाए । लाठी र सिठ्ठी संविधानसभा निर्वाचन २०७० कै प्रयोग गर्न सकिने अवस्था थियो । लत्ताकपडाका लागि प्रतिव्यक्ति दुई हजार चार सय ५० रुपैयाँ खर्च गरियो ।

त्यो रकममध्ये पनि नौ सय रुपैयाँ एसपी, लेखापाल र सम्बन्धित क्षेत्रका डिआइजीले खाइदिएको समाचार स्रोतले जनाएको छ । यसरी ५२ करोड २५ लाख रुपैयाँ खर्च गरेर सामान खरिद गर्दा भ्याट बिल लिइएको छैन । जसका कारण करिब सात करोड रुपैयाँ राजश्व गुमेको छ । तरुणमा खबर छ ।

LIVE TV