२५ बैशाख २०७४, सोमबार

नेपाल टेलिकम बागलुङ शाखाको भवन निमार्णको क्रममा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ । रुखमा रहेको चराको गुडलाई फाल्ने क्रममा उनीहरुको ज्यान गएको हो ।

फलामे रड लगेर रुखमा चढेका टेलिकमका कर्मचारीहरुले विद्युतको हाईटेन्सन तारमा छँुदा करेण्ट लागेको हो ।

मृत्यु हुनेमा बागलुङ निसी खोला गाउपालिका दुधन घर्ती र बमबहादुर घर्ती रहेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकका परिवारसंग सम्पर्कको प्रयास भैरहेको र यसबारे थप विवरण नखुलेको प्रहरीले जानकारी दिएको छ ।

LIVE TV