
च्याम्पियनसिप फुटबलको उपाधि न्युक्यासलले जितेको छ । उपाधि होडमा रहेको ब्राइटन लिगको अन्तिम खेलमा एस्टन भिल्लासँग १–१ को बराबरीमा रोकिएपछि न्युक्यासलले उपाधि जितेको हो ।
लिग अन्तर्गत गएराति भएको अन्तिम खेलमा बार्नस्लीलाई ३–० ले हराउँदै न्युक्यासलले उपाधि जितेको हो । इंग्लिस प्रिमियर लिगमा फर्किएको न्युक्यासललाई महत्वपूर्ण जित दिलाउँदै उयाधि रक्षा गर्नका लागि बार्नस्लीसँगको खेलमा एयोजी पेरेज, चान्सल एमबेम्बा र ड्वाइट् गेलले गोल गरेका थिए । उपाधि होडमा रहेको ब्राइटनका लागि एस्टन भिल्लासँगको खेलको अन्तिम समय घातक बन्यो । ६५ औं मिनेटमा ग्लेन मुरेको गोलबाट लिएको अग्रता ८९ औं मिनेटमा एस्टन भिल्लाका ज्याक ग्रेलिशले गोल गर्दै खेल बराबरी गरेका थिए । उपाधि जितेको न्युक्यासलको ९४ तथा दोस्रो स्थानमा हासिल गरेको ब्राइटनको ९३ अंक भएको छ ।