२५ बैशाख २०७४, सोमबार

आगामी बैशाख ३१ गते आइतवार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा आवश्यक सबै सामग्री जिल्लामा पु¥याइसकिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनका लागि सबै मतदान केन्द्रमा सुरक्षाकर्मी खटिसकेका छन् । आउँदो बुधबारसम्म सबै केन्द्रमा निर्वाचन अधिकृतसहित मतपत्र, मतपेटिका लगायतका सामग्री पनि पुगिसक्ने पनि आयोगले जानकारी दिएको छ । बिहीबारदेखि मतदाता परिचयपत्र वितरण हुनेछ भने  बिहीबार, शुक्रबार र शनिबार सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने तयारी छ । मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य आवश्यक पर्ने भएकाले आफ्नो मतदान केन्द्रबाट परिचयपत्र लिन आयोगले सबैसँग आग्रह गरेको छ । आफ्नो मतदाता परिचयपत्र लिन मतदाता आफै केन्द्रमा जानुपर्ने र जान संभव नभएमा परिवारका सदस्यमार्फत लिन मन्जुरीनामा दिएर पठाउन सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

LIVE TV