
काठमाडौं । कोटेश्वरको एक गेस्टहाउसमा युवतीको हत्या भएको खबर आजको नयाँ पत्रिकामा छ ।
आकासेपुलस्थित होटेल होम गेस्टहाउस एन्ड रेस्टुरेन्टमा काभ्रे महांकालचौर(८ घर भएकी २८ बर्षीया लक्ष्मी तामाङको हत्या भएको हो ।
होटेलमै बसेका विष्णु सापकोटाले उनको त्या गरेको प्रहरी आशंका छ ।
सापकोटाले आइतबार बिहान केही समय एयरपोर्ट गएर आउने बताएका थिए । तर दिउँसो नआएपछि उनी बसेको कोठा खोलेर हेर्दा तामाङको शव भेटिएको हो ।
शवमा निलडाम रहेकाले हत्या नै गरिएको प्रहरीले जनाएको छ ।