२५ बैशाख २०७४, सोमबार

यसैबीच प्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । महाभियोग प्रक्रियापछि अदालतको आदेश लगायतका समसामयिक विषयमा छलफल भएको
बताइएको छ ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले समसामयिक विययमा भेटवार्ता भएको जानकारी दिनुभयो । अधिकारीले भन्नुभयो, “‘वान टु वान’ वार्ता भयो, विषयवस्तु सबै त जानकारी भएन तर समसामयिक विषयमा कुरा भएको बुझिएको छ । ”
भेटका अवसरमा प्रधानन्यायाधीश कार्कीले कानुन दिवसको निमन्त्रणा पनि दिनुभएको छ । वैशाख २६ गते कानुन दिवस छ ।

LIVE TV