२४ बैशाख २०७४, आईतवार

 

गौशाला । प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्तालाई आज बम बनाउने सामग्रीसहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले बर्दिबास–३ बाट नेपाल कम्युनिष्ट पार्टीका जनकपुर अञ्चल ब्युरो प्रमुख तथा केन्द्रीय सदस्य सन्देश पौडेल, धनुषाधाम नगरपालिका–५ का आदम राईन, वडा नं ८ का पानकुमार लामा र मिथिला चौहानलाई पक्राउ गरेको हो । रासस

LIVE TV