२४ बैशाख २०७४, आईतवार

दाङ । परम्परागत रुपमा माटाको भाडा बनाई जीवन निर्बाह गर्दै आएका दाङका कुमाल समुदायहरु आधुनिक प्रविधिको विकास गरी कलात्मक भाडाहरु बनाउन थालेसंगै व्यबसायिक बन्न थालेका छन् । दाङको तुल्सीपुर बजार नजिकैको पर्सेनी गाँउमा बस्दै आएका कुमाल समुदाय माटोको भाँडालाई कलात्मक बनाउन जुटेका हुन् ।

गरिवी निवारण लगायत केही अन्तराष्ट्रिय संघ सस्थाले उनीहरुको परम्परागत पेशालाई कलात्मक बनाउने सहयोग गरेसंगै कुमाल समुदाय पुनः पुरानै ब्यबसाय र पेशामा फर्केका हुन् । परम्परागत रुपमा बनाउदै आएका भाडाहरु कम बिक्री हुने र बनाउँदा झन्झटिलो भएकाले पनि उनीहरुले बैकल्पिक ब्यबसायउन्मुख हुदै आएको थियो । ६० घरधुरी कुमाल बस्ती छ भने आधा भन्दा बढी घरपरिवारले माटोको भाडाको काम गर्दै आएका छन् ।
पर्सेनीका कुमाल समुदायलाई माटोका भाँडा बनाउन आधुनिक सीप अभिबृद्धिसम्बन्धि १२ दिने तालिम कुमाल गाँउमै शुरु गरिएको छ । तालिममा माटोको प्रयोग, माटाको भाडाको कलात्मक, केमीकल प्रयोग, परम्परागत सीपलाई पुस्तान्तरण हुनेगरि सीप अभिबृद्धि गरिएको छ ।
कलात्मक तथा अकर्षक रुपमा निर्माण हुने माटोको भाँडाले बजार पाउन त्यति गाह्रो नहुने कुमाल समुदायको अपेक्षा छ ।

 

LIVE TV