२४ बैशाख २०७४, आईतवार

गोरखा । चुनाव प्रचारप्रसारका क्रममा नेकपा ९माओवादी केन्द्र० गोरखाले नयाँ शक्ति पार्टीका कार्यकर्तालाई आक्रमण गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दललाई संयमित भएर चुनाव प्रचारप्रसार गर्न आग्रह गरेको छ ।

शनिबार साँझ माओवादीको आक्रमणबाट चारजना नयाँ शक्तिका कार्यकर्ता घाइते भएपछि आज सदरमुकाममा बैठक डाकेर मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले संयमित भएर आचारसंहिता पालना गर्दै चुनाव प्रचार गर्न आग्रह गरे ।

उनले भने “चुनावी प्रचारका लागि उम्मेदवारले चारपाङ्ग्रे एउटा गाडी र दुईवटा मोटरसाइकल अनुमति लिएर प्रयोग गर्न पाइन्छ । अनुमति नलिई प्रयोग गरिएका सवारी फेला पारेमा कानुनअनुसार कारबाही गर्छौं ।”
एउटा पार्टीले अर्को पार्टीको आलोचना गर्न नहुने, साम्प्रदायिक भावना तथा वर्गविशेषको आलोचना गर्न नहुने आचारसंहितामा उल्लेख रहेकाले त्यसो गरेको भेटिएमा रु एक लाखसम्म जरिवाना र उम्मेदवारी नै रद्द गर्न सकिने चेतावनी पनि पौडेलले दिए ।

प्रजिअ जितेन्द्र बस्नेतले नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण र सवारी तोडफोडमा संलग्नमध्ये एकजनालाई प्रहरीले पक्राउ गरिसकेको जानकारी दिए । यस्तै प्रजिअ बस्नेतले कानुन हातमा लिने जो कोहीलाई नछाड्ने चेतावनी दिए ।

दुई नगरपालिकासहित नौवटा गाउँपालिकाभित्र रहेका दुई सय १३ निर्वाचनस्थलमा सुरक्षाफौज, निर्वाचन अधिकृतलगायत कर्मचारी, निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री पु¥याएको भन्दै प्रजिअ बस्नेतले सहायक प्रजिअ केशवराज शर्माको संयोजकत्वमा प्रनाउ, मेजर रहेको सुरक्षा सेल गठन गरिसकिएको जानकारी दिए ।
गोरखाका सम्पूर्ण नाकामा सुरक्षाको व्यवस्था कडाइ गरिएको छ । अन्य जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको थप जनशक्ति गोरखा ल्याइएको छ ।

निर्वाचनको सूक्ष्म अनुगमन गर्न खटिएका सहसचिव शिवराम न्यौपानेले एकै स्थान, एकै समय र एकै रुटमा भिन्न दुई पार्टीको कार्यक्रम गर्दा झडप हुनसक्ने भएकाले एकै समयमा दुई पार्टीको कार्यक्रम नराख्न दललाई आग्रह गरे । बिनापूर्वाग्रह आफ्नो भूमिका निर्वाह गरेमा निर्वाचन सफल हुने उनको भनाइ छ । मैत्रीपूर्ण तवरले दलले चुनावको प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए ।

नयाँ शक्ति पार्टीका तर्फबाट गोरखा नगरपालिकाको प्रमुख पदका उम्मेदवार ज्ञानेन्द्र कुमालले नेकपा ९माओबादी केन्द्र०का वाइसिएलले आफ्ना कार्यकर्तामाथि नियोजितरुपमा आक्रमण गरेको बताए , उनले हभने, “म पूर्वमाओवादी कार्यकर्ता भएको हिसाबले मलाई राम्रोसँग थाहा छ कि माओवादीको चुनावी रणनीति कस्तो हुन्छ भन्ने । शनिबार नियोजितरुपमा माओवादीले हामीमाथि आक्रमण गरेका हुन् । उनीहरुले क्षमा माग्नुपर्छ, घाइतेको उपचार र तोडफोड भएका जिप, मोटरसाइलको मर्मत गरिदिनुपर्छ ।”

नेकपा ९माओवादी केन्द्र०का नेता राजकुमार कोइरालाले आफूहरुले नयाँ शक्तिमाथि नियोजितरुपमा आक्रमण नगरेको बताए । “हाम्रा साथीहरुले लालसलाम भनेपछि नयाँ शक्तिका साथीले अश्लील शब्द उच्चारण गरे । त्यसपछि सामान्य भनाभन भएको हो”, उनले भने । नयाँ शक्तिका जिल्ला संयोजक रमेश पोखरेलले प्रहरी, प्रशासनले दोषी खोज्नमा ढिलाइ गर्दै आएको बताए ।

LIVE TV