
ममी आइ लब यू सो मच ! अबत प्राइमरी स्कुल पनि सकी सके, पहिला जस्तो अटेरी पनि छैन मामुले भनेको सबै कुरा बुझ्ने भईसके । मामुले सिकाएय्को कुरा पनि सजिलै सिक्ने भईसके । पहिलाको जस्तो चक चक गर्ने बानि पनि हटी सक्यो । यो सबै सिकाउने र मलाई आज्ञाकारी बनाउने मेरो मामुनै हो।
स्कुलमा टिचरहरुको भन्दा पनि मेरो लागि बेस्ट टिचर मेरो मामुनै हो । मेरो मामुले गर्दानै आज म पढ्न सक्ने, लेख्न सक्ने सानालाई माया गर्न सक्ने र ठुला लाइ रेस्पेक्ट गर्न सक्ने भएकी छु । मामु यू आर द बेस्ट ।
मलाइ अझै धरै ज्ञानी, धरै पढ्ने धरै लेख्ने र घरमा एकदम अनेस्ट भएर बस्न सिकाउने र इन्स्पाइर गर्ने मेरो मामुनै हो । पहिला त सानो छु जस्तो लाग्थ्यो तर अहिलेत म ८ क्लास सम्म पुगी सकेको छु अबत ठुली पनि भय स्टडी बाहेक मामुलाई घरमा अरु काम मा पनि हेल्प गर्न सक्ने भएको छु र मामुले हार्ड वोर्क गर्नुपर्दा मा आफै पनि हेल्प गर्न सक्छु ।
मामु बाट मैले धरै लर्न गरेको छु र मैले लर्न गरेको कुरा पनि अब म मामु संग सेयर गर्न सक्ने भएको छु । मामु यू आर द बेस्ट ! आइ लब यू सो मच ! प्राउड टु बि यूर डटर !!!!
न्युज २४ टेलिभिजनको कार्यक्रम आमाको आमा स्तम्भका लागि रुपिज इन्टरनेसनल स्कुल कक्षा आठमा पढ्ने प्रशान्ना दवाडीले लेख्नु भएको हो ।