
नयाँ दिल्ली । गत अप्रिलको २८ तारिखबाट दर्शकमाझ रिलिजमा आएको ठुलो बजेटको फिल्म ‘बाहुबली २’ले बक्स अफिसमा प्रत्येक रेकर्डलाई तोड्दै नयाँ इतिहास रचेको छ । एस.एस. राजमौलीको फिल्म ‘बाहुबली : द कन्क्ल्युजन’ले यस्तो पहिलो रेकर्ड बनाएको हो, भने सो फिल्मले बक्स अफिसमा अहिले सम्ममा १००० करोड भारुको कमाई गरिसकेको छ ।
१००० करोड कमाउँदै राजमौलीको ‘बाहुबली २’ फिल्मले भारतीय सिनेमा जगतमा नयाँ रेकर्ड हाँसिल गरेको छ । जानकारीमा आएअनुसार ‘बाहुबली : द कन्क्ल्युजन’ले नौ दिनमै हजार करोडको क्लब पार गरेको छ ।
रमेश बालाले ट्वीट गर्दै यो कुराको जानकारी गराएका हुन् । ‘बाहुबली २’ले भारतमा ८०० करोड भन्दा बढि कमाई गरिसकेको छ, भने भारत बाहिरका देशहरुमा २०० करोड भारु भन्दा बढि कमाई गरिसकेको छ । फिल्मको शो अझैं पनि हाउसफुल नै रहेको छ, जस्को कारणले राजमौलीको यस फिल्मले १५०० करोड भारुको आँकडा पार गर्नसक्ने आँकलन गरिएको छ ।
सबै भाषाहरुको कुरा गर्ने हो भने फिल्मले आफ्नो पहिलो हप्तामा भारतमा मात्र ५३४ करोडको कमाई गरेको थियो । हिन्दी भाषा ‘बाहुबली २’ले पनि अन्य सबै फिल्महरुको बक्स अफिसलाई पछाडी धकेलीसकेको छ । एक हप्तामा अमिर खानको फिल्म ‘दंगल’ले १९७.५४ करोड र सलमान खानको फिल्म सुल्तानले २२९.१६ करोडको हाराहारीमा कमाई गरेका थिए । त्यस्तै, अहिले आएर प्रभाषको ‘बाहुबली २’ले आफ्नो पहिलो साता हिन्दि भाषामा २४७ करोडको कमाई गरेको छ ।
अमेरीकामा पनि यस फिल्मले राम्रै कमाई गरिरहेको छ । अहिले सम्ममा अमिर खानको फिल्म दंगल अमेरीकामा सबै भन्दा बढि कमाई गर्ने फिल्म रहेको थियो, तर राजमौलीको ‘बाहुबली २’ले दंगलको सो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको छ । अहिले सम्ममा अमेरीकामा मात्रै ‘बाहुबली २’ले १०० करोड भारुको कमाई गरिसकेको छ ।
अहिले आएर बिश्वमानै प्रभाष अभिनित ‘बाहुबली २’ फिल्मको चर्चा परिचर्चा चलिरहेको छ । बक्स अफिसमा उत्कृष्ट भईरहेको ‘बाहुबली २’ को कमाईले सबैको रेकर्ड तोडेको छ । फिल्मको हिन्दि भर्सनले भारतमा मात्र ८ दिनमा २६६ करोड भारुको कमाई गरेको छ । यस फिल्मको हिन्दि भर्सनलाई फिल्म मेकर करण जोहरको धर्मा प्रोडक्शनले रिलिज गरेको थियो ।
अप्रिलको २८ तारिखबाट रिलिजमा आएको ‘बाहुबली २’ले पहिलो सातामा बक्स अफिसमा बिश्वभर ८६० करोड भारुको कमाई गरेको थियो । फिल्मको कुल बजेट २५० करोड रहेको छ । यस फिल्मले भारतमा मात्र एक सातामा ५४५ करोड भारुको नेट कमाई गरेको छ ।
कमाईको साथमा यस फिल्ममा समाबेश गरिएको सिन, सेटको भब्यता र कलाकारहरुको सशक्त अभिनयले पनि फिल्मलाई उत्कृष्ट बनाएको छ । यस फिल्मलाई तेलगु, मलयालम, तमिल, हिन्दि लगाएतका भाषाका रिलिज गरिएको छ ।
एस.एस.राजमौली निर्देशित ‘बाहुबली २’ भारतकै अहिले सम्मको महंगो फिल्म रहेको छ । यसै फिल्मको लागि मानिसहरु २ वर्ष देखि पर्खाइमा थिए । ‘बाहुबली २’, २०१५मा रिलिजमा आएको बाहुबलीको सिक्वेल फिल्म हो ।
- सरद राई