
ललितपुर । ललितपुरको ढोलाहीटिबाट नख्खिपोट जाने बाटोको नगरपालिकाको नियम विपरित ५ सय मिटको दुरीमा ६ ओटा स्पिड ब्रेकर राखिएको यसअघिको अंकहरुमा देखायौं ।
टोल सुधार समितिका नाममा नगरपालिकाको नियम विपरित ठुलो ठूला स्पिड ब्रेकर राखेपछि सवारी साधान क्षती पु¥याउनका साथै दुर्घटना पनि बढाएको छ ।
चापागाँउ निवासी सन्तोष सञ्जेलले स्पिटी ब्रेकरमा ठोकिएर आफ्नो कार ब्रिग्रेको भनि हामीलाई गुनासो गरेपछि हामीले यस विषयलाई फलो गरेका थियौं ।
यस विषयमा रिपोर्टिङ गरेपछि हामीले ललितपुर महानगरपालिकाका प्रवक्ता रुद्रप्रसाद गौतमले आफ्नो ध्यानआकर्षण भएको भन्दै तुरुन्त ति स्पिड ब्रेकर हटाउन लगाउने प्रतिबद्धता जनाएका थिए ।
प्रवक्त गौतमले यसो भनेको दुई साता भईसक्यो । तर, पनि त्यस क्षेत्रका स्पिड ब्रेकर हटाईएका छैन् । चापागाउँबाट सातोदोबाटो जाँदा नख्खिपोट क्षेत्रमा सडक निर्माण भईरहेका कारण उक्त सडक प्रयोग गर्ने धेरैले यो बाटो हिँड्न सुरु गरे ।
तर त्यस क्षेत्रका वासिन्दाले आफ्नो शक्तिको दुरुपयोग गर्दै नगरपालिको नियम विपरित स्पिड ब्रेकर राखेका हुन् ।