२४ बैशाख २०७४, आईतवार

धरान । बोर्डिङ स्कुलहरुले एकाएक शुल्क बढाएपछि विद्यार्थी संगठनहरुले आन्दोलन गरे, आन्दोलनपछि वार्ता शुल्क घटाउने पनि सहमति भयो तर केही स्कुलहरुले भने शिक्षा निर्देशिका विपरित अत्याधिक शुल्क लिएर अभिभावकको ढाड सेक्ने काम गरिरहेका छन् ।

यस्तै गरेको छ धरानस्थित विष्णुमेमोरिल स्कुलले पनि । शिक्षा निर्देशिकामा विपरित कक्षा ९ को एन्युअल (बार्षिक शुल्क) १८ हजार लिइरहेको छ । निर्देशिकाले मासिक शुल्कको दोब्बर मात्र वार्षिक शुल्क लिन पाइने व्यवस्था गरेको छ ।

विष्णु स्कुलको मासिक शुल्क २६ सय रहेको छ । तर, सेवा सुविधा भने विद्यार्थी भने बमोजिमको समेत नरहेको अभिभावकको गुनासो रहेको छ । त्यसो त विष्णु स्कुलले स्कुलको युनिफर्म, झोला अनि कपि किताव खरिदमा समेत सिण्डिकेट लगाएको छ ।

उसले धरानको भानुचौक नजिक रहेको द्धारिका पुस्तक पसलबाट मात्र १२ मा रहेको स्कुलको युनिफर्म, झोला अनि कपि किताव खरिद गर्ने निर्देशन दिने गरेको छ ।

अन्य पसलवाट कुनै सामान खरिद गरे नहुने भन्दै फर्काउने गरेको समेत अभिभावकहरुले गुनासो गरेका छन् ।

LIVE TV