२४ बैशाख २०७४, आईतवार

काठमाण्डौ । सबैतिर चासो छ , सर्वोच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला ? प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावमै छलफल गर्न आइतबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

आन्तरिक परामर्शमा रहेकी सभामुख ओनसरी घर्तीले आइतबारको बैठक सूचना टाँस गरेर स्थगित गर्ने सम्भावना बढेको उनीनिकट स्रोतहरूको भनाइ छ । ‘सभामुख ठ्याक्कै यही गर्ने भन्ने निष्कर्षमा पुगिसकेकि छैनन्, विभिन्न विकल्पमा उनलाई सुझाब आइरहेको छ, उहाँ अझै आन्तरिक छलफलमै हुनुहुन्छ । ३१ वैशाखको पहिलो चरणको स्थानीय तहको चुनावको मिति नजिक छ ।

त्यसैले सभामुखले अब ३१ वैशाखअगाडि संसद् बैठक नराख्नेतिर सोचिरहनु भएको देखिन्छ,’ सभामुखनिकट स्रोतले भन्यो ।

LIVE TV