२३ बैशाख २०७४, शनिबार

काठमाडौं । संघीय गठवन्धनले उपेन्द्र यादवलाई हटाएर संघीय समाजवादी फोरमका अध्यक्ष महन्त ठाकुरलाई संयोजकमा नियुक्ति गरेको छ । गठबन्धनले संविधान संशोधन नभई निर्वाचनमा गएर जनतालाई धोका दिएको भन्दै यादवलाई हटाएर महन्त ठाकुरलाई चयन गरेको हो ।

मधेसी मोर्चासहितको संघीय गठवन्धनको शनिबार बसेको बैठकले मधेसी थारु, जनजाति, सिल्पी, मुस्लिम समुदायको मुद्दाहरुलाई बिर्सेर स्थानीय तहको निर्वाचनमा सहभागी भएको भन्दै हटाउने निर्णय गरेको हो ।
राजपा नेपालको कार्यालयमा बसेको बैठकले आफ्ना मुद्दाहरुलाई निष्कर्षमा पु¥याउन र संघर्षका कार्यक्रम अगाडि बढाउन भन्दै महन्थ ठाकुरलाई संयोजक चयन गरेको जनाएको छ । गठबन्धनले विज्ञप्ति जारी गरेर महन्त ठाकुरलाई संयोजक पदमा नियुक्त गर्दै सरकारलाई तत्काल संविधान संशोधन गरेर निर्वाचनको वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेको छ ।

LIVE TV