२३ बैशाख २०७४, शनिबार
  • सुरेश श्रेष्ठ,

दाङ । वैशाख ३१ गतेबाट १ महिना पछि धकेलिएपछि स्थानीय तहको निर्वाचनको माहौल दाङमा केही सुस्ताएको छ । वैशाख ३१ गतेको निर्वाचनको तयारीमा जुटेका राजनीतिक दल,नेता कार्यकता,मतदातामा जोश जागर हराए झै देखिए पनि सम्भावित उम्मेद्वारलाई लिएर वहस भने जारी छ ।

प्रदेश नम्वर ५ को दाङ लगायतका जिल्लामा दोस्रो चरणमा निर्वाचन हुने भएपनि सम्भावित उम्मेदवारहरु भने तयारी अबस्था रहेका नेपाली काँग्रेसका जिल्ला सदस्य सुरेन्द्र खड्काले बताए । उनले तुलसीपुर र घोराही उपमहानगरपालिका,लमही नगरपालिका र ७ गाँउपालिका गरि १० वटा स्थानीय तह रहेको दाङमा अहिले सम्म कुनैपनि पार्टीसंग तालमेलको वातावरण बनी नसकेको पनि जानकारी दिए ।
सरकारका कारण चुनाव हुन्छ की हुदैन भन्ने ढुक्क हुन नसकेको अवस्थामा बैशाख ३१ गतेको पहिलो चरणको निर्बाचनका लागि उम्मेदवार दर्ता देखि निर्वाचन प्रक्रिया शूरु भएपछि केही विश्वास र उत्साह बढेको नेकपा एमालेका जिल्ला सचिव हिराचन्द्र केसीको भनाई छ । उहाँले निर्वाचनका लागि नेकपा एमालेले दाङमा नेकपा माओवादी केन्द्र,जनमोर्चा र राप्रपासंग तालमेलको लागि छलफल भइरहेको जानकारी पनि दिए ।
दुई चरणको निर्वाचनका कारण चुनावी महोल सुस्ताएको देखिएपनि निर्वाचनको तयारी स्वरुप उम्मेदवारहरु प्रचार प्रसारमा लागि रहेको माओवादी केन्द्रका नेता रामजी चौधरीको भनाई छ । पहिलो चरणको मिति तोक्दा बनेको चुनावी माहौल दोस्रो चरणको चुनाव जेष्ठ ३१ गते हुने भएपछि केही कम भएपनि तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क भएको चौधरीले बताए ।
संसदमा चौथो ठूलो दल राप्रपा एकीकरणसंगै स्थानीय तहको निर्वाचनमा उत्साहजनक रुपमा प्रस्तुत हुने तयारीमा जुटेकै अवस्थामा निर्वाचन दोस्रो चरणमा सारिहएका कारण केही निराश भएको छ । तर पहिलो चरणको निर्वाचन शान्तिपूर्ण भएमा दोस्रो चरणको निर्बाचनको माहौल पनि बढी हाल्ने राप्रपाको निष्कर्ष छ ।

 

LIVE TV