२३ बैशाख २०७४, शनिबार

काठमाडौं । कांग्रेस नेता मार्सलजुलुम शाक्यको निधन भएको छ । पुर्व सांसद समेत रहेका शाक्या ७७ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा शाक्यको शनिबार मृत्यु भएको हो । अस्पताल स्रोतका अनुसार शाक्य खाना सर्किएर हुने निमोनियाबाट पीडित भई आठ दिनअघि अस्पताल भर्ना भएका थिए । अस्पताल स्रोतका अनुसार निमोनियाका कारण उनको मृत्यु भएको जनाइएको छ ।


सन् १९४० मा काठमाडौंमा जन्मिएका शाक्य लामो समय प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए । यसअघि पनि अस्पताल भर्ना भएर उनी निको भई घर फर्केका थिए । अचानक ऐक्सिरेसन निमोनियाले भेटेपछि उनी बेहोस भएका थिए ।

LIVE TV