२३ बैशाख २०७४, शनिबार

झापा। राजवंशी मिडिया हाउस झापाले कनकाई नगरपालिकाको लक्ष्मीपुरस्थित हिमाली आधारभूत विद्यालयका अपाङ्ग विद्यार्थीलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

आज सिरुवा सांस्कृतिक कार्यक्रमको आयोजना गरी उक्त विद्यालयको सुस्तश्रवण क्षमताका विद्यार्थीलाई राजवंशी मिडिया हाउसका अध्यक्ष मनोरथ राजवंशीले खेलकुद सामग्री तथा नगद रु १० हजार हस्तान्तरण गरे ।

विद्यालयका स्रोत शिक्षक हरिप्रसाद अधिकारीलाई राजवंशीले रु १५ हजार बराबरको सामग्री सहितको नगद हस्तान्तरण गरे ।

कार्यक्रममा मुर्छना क्लासिक ब्यान्ड विर्तामोडले विविध साङ्गीतिक र सांस्कृतिक प्रस्तुति गरेको थियो । अपाङ्गलाई सहयोग तथा राजवंशी कला संस्कृति संरक्षण सम्बद्र्धनमा टेवा पु¥याउन राजवंशी मिडिया हाउसले सिरुवा पर्वका अवसरमा अभियान नै सञ्चालन गरेको थियो ।
सो अभियानबाट संकलित रकम हस्तान्तरण गरिएको जनाएको छ ।

LIVE TV