
काठमाडौं । महानायक राजेश हमाल एमालेको चुनाव प्रचारप्रसारमा देखिएका छन् ।
उनी काठमाडौं महानगरपालिका वडा नम्बर–२६ स्थित गल्खोपाखामा बाजागाजासहित हातमा सूर्य चिन्हको झण्डा बोक्दै भोट मागिरहेका थिए ।
हमाल सबै टोलबासीसँग एमालेका २६ नं. वडाका वडा अध्यक्ष देवेन्द्र रिमाललाई जिताउन भोट मागिरहेका थिए ।
कालो टोपीका साथ कालो ड्रेसमा कालै चस्मा लगाएका राजेश हमालले एमालेका नेताको लागि भोट मागेका हुन् ।