२३ बैशाख २०७४, शनिबार

काठमाडौं । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २ सर्त अगाडि सारेका छन् । सहमतिमै कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुअघि प्रचण्डले २ सर्त अगाडि सारेका हुन् ।

जेठ १५ गते बजेट र जेठ ३१ गतेको निर्वाचन आफ्नो नेतृत्वको सरकारले गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले अडान राखेका छन् । तर देउवाले भने स्वीकार गरेका छैनन् ।

प्रचण्डले कांग्रेसको चाहना अनुसार नै बजेटमा विषयहरु समावेश गर्ने गरी बजेट ल्याउने तयारी गरेका छन् । कांग्रेसले भने आफ्ने नेतृत्वको सरकारले बजेट ल्याउनुपर्ने अडान राख्दै आएको छ ।

सर्वोच्च अदालतको फैसला निर्वाचन लगायतको विषयमा अहिले सरकार परिवर्तन गर्दा राम्रो सन्देश जाँदैन, दुई जना साना पार्टीले सरकारको समर्थन फिर्ता लिए मात्र सरकार ढल्छ त्यसैले अहिलेकै सरकारलाई जेठ ३१ गतेसम्म निरन्तरता दिउँ, प्रचण्डको सचिवालयले बताएको छ ।

बजेट सार्नको लागि संविधान संशोधन गर्नुपर्ने र त्यो गर्नको लागि दुई तिहाई बहुमत चाहिने अवस्था रहेकाले सरकारले जेठ १५ मा नै बजेट ल्याउने तयारीमा रहेको प्रचण्डको सचिवालयले बताएको छ ।

LIVE TV