२३ बैशाख २०७४, शनिबार

एजेन्सी । धनी बन्ने र सुखमा रमाउने रहर कसलाई हुँदैन र रु सुखकै लागि मानिसले जीवनभर संघर्ष गरिरहन्छ । कसैले सजिलै पैसा कमाएर पनि त्यसको सदुपयोग गर्न नजान्दा दुःखी हुन पुग्दछ भने कतिपय संघर्षकै क्रममा कही चुक्छन्, अनि जीवनभर दुःखमै रहन्छन् । तरपनि, हरेक वर्षको सुरुवातमा मानिसले वर्षभरिको सुखको कल्पना गर्न छोड्दैन । तपाईले पनि यस वर्षको सुखको कामना गर्नुभएको छ भने यी  गल्ति भुलेर पनि नगर्नुस् :

. महिलासँग दूश्मनी नलिनुहोस् । सन् २०१६ को सुरुवात शुक्रबारबाट भएको छ । शुक्र भौतिक सुखका कारक ग्रह हो । साथै स्त्री प्रति शुक्रको प्रभाव रहने गर्छ । यसैले शुक्र प्रधान यस वर्षमा महिलासँग राम्रो सम्बन्धमा रहनुहोस् ।

. देवी लक्ष्मिको मुर्ति एक भन्दा धेरै आफ्नो कोठामा नराख्नुहोस् । शुक्रबारको दिन देवि लक्ष्मिको पुजा विशेष फलदायक मानिन्छ । तपाईंको घरमा धेरै देविको मुर्ति छ भने आफ्नो सबै कोठाहरुमा अलग–अलग राख्नुहोस् । बाँकीलाई कतै विसर्जन गर्दिनुहोस् ।

. यदि तपाईंको पर्स च्यातिएको छ भने त्यसलाई बदल्नुहोस् र काम नलाग्ने चीजहरुलाई फाल्नुहोस् । एउटा सिक्का शुक्रबारको दिन देवी लक्ष्मिको मन्दिरमा चढाउनुहोस् अर्को सिक्कालाई रातो कपडामा बेरेर पर्समा राख्नुहोस् ।

. जीवनसाथीसँग तालमेल बनाइराख्नुहोस् । धन सम्बन्धी विषयमा जीवनसाथीसँग छलफल गरेर मात्रै निर्णय लिनुहोस् ।

. विहान उठ्ने वित्तिकै ऐना नहेर्नुहोस् बरु उठ्नेवित्तिकै दुबै हात जोडेर देवी लक्ष्मिको ध्यान गर्नुहोस् ।

. गणेशजीलाई नभुल्नुहोस् । धनसम्बन्धी काम गर्न जानुभयो भने गणेशको पुजा गर्न नभुल्नुहोस् । मंगलबारको दिन अनिवार्य रुपमा ५ वटा दुवो चढाउनुहोस् ।

. बेलुका कसैलाई पैसा नदिनुहोस् । सुत्नुभन्दा अघि पैसा दिनु राम्रो नहुने बताइन्छ ।

. शनिबारको दिन मदिरा सेवनबाट जोगिनुहोस् ।

. सोमबारको दिन पीपलको पुजा नगर्नुहोस् । यो दिन पीपलको पुजा गर्दा घरमा अलक्ष्मिको प्रवेश हुने विश्वास छ ।

. परिवारमा बहिनी र छोरीलाई अपशब्द प्रयोग नगर्नुहोस् । धन सम्बन्धी काम शुक्रबार गर्नु शुभ रहने जनाइएको छ ।

LIVE TV