२३ बैशाख २०७४, शनिबार
  • सुजन पन्त


सन् १८०९ मा माथिल्लो गंगा अर्थात कुमाउक्षेत्रको खोजीमा निस्केका डब्लूएस वेबले नेपालमा धौलागिरी हिमाल ८ हजार मिटरभन्दा माथिको उचाइमा रहेको रहस्योद्घाटन गरेका थिए । अर्थात हिमालयका अग्ला पर्वतहरूमध्ये सबैभन्दा पहिले उचाई नापिएको हिमाल धौलागिरी हिमाल (८,१७२ मिटर) हो । यस हिमालको उचाई नापेपछि यसैलाई संसारको अग्लो हिमाल भनिएको थियो ।

पछि सन् १८४८ मा कञ्चनजङ्घाको उचाई नापियो र यसको उचाई ८ हजार ५ सय ८६ मिटर हो भन्ने निक्र्योल भएपछि कञ्चनजङ्घालाई संसारको अग्लो चुचुरो भनियो । त्यही वर्ष अन्य हिमालहरूको उचाई नापियो र रेकर्ड संकलन गरेर सर्वे अफ इन्डियाको कार्यालयमा पठाइयो ।

त्यसको करिब तीन वर्षपछि सन् १८५२ मा जब सगरमाथा विश्वकै सबभन्दा अग्लो शिखर भन्ने ठहर भयो, त्यतिखेर त्यसको उचाइ २९ हजार २ फिट भनी मानियो । सगरमाथालाई रोमन संकेत चिहृन ‘पिक १५’ नाम प्रदान गरियो । सन् १८५२ तिर पहाडहरूको उचाइ ‘कियोडा लाईट’ यन्त्रको प्रयोगबाट मापन गरिरहेका भारतको सर्वे विभागको एउटा टोलीका सदस्यहरूमध्ये एक बंगाली नागरिक राधानाथ सिकन्दरले आफूले सर्वोच्च शिखर पत्ता लगाएको दाबी गरे ।

राधानाथका सहयोगीका रूपमा हेनेसी नामका उनका चेला थिए । उक्त विभागका सर्वे कर्मचारीहरू तेजवीर बुढाथोकी र राधानाथ सिक्दरले पत्ता लगाएको उक्त शिखरको उचाइ ८ हजार ८ सय ४० मिटर थियो । राधानाथ प्रतिभाशाली गणितज्ञ थिए । सर्वे अफ इन्डियामा जागिरे हुँदा उनको उमेर केबल १९ वर्षको थियो ।

टासीले सगरमाथाको कथा शेर्पा भएको कारण हजुरबाउ कै पालादेखि सुन्दै आएका थिए । ती हिमाली कथाहरु सुन्दा टासी पनि एक दिन सगरमाथाको शिखरमा पाइला राखेर विश्वमा नाम चिनाउने अठोट लिएका थिए ।

बंगालमा आज पनि उनलाई सम्झनुपर्ने एउटा कारण छ किन भनें उनले ‘मासिक पत्र’ नामको हुलाक–पत्रिका निकाल्थे, जुन विशेषत महिलाहरूका लागि थियो । यस हुलाक–पत्रिकामा बंगाली भाषा प्रयोग हुन्थ्यो र महिलाहरूको सामाजिक चेतनाको स्तर उठाउने खालका सामग्रीहरू हुन्थे । सर्वोच्च शिखरको उचाइ नाप्ने विधि बेलायतका इन्जिनियर जर्ज एभरेष्टले विकास गरेका थिए ।

विश्वको सर्वोच्च शिखर खोज्ने कार्य सुरू भएपछि बिहार (भारत) को समतल मैदानको अध्ययन गरिरहेका भारतका सर्वेयर (जनरल सर एन्ड्रयू बाघ)ले आफ्ना अग्रज जर्ज एभरेष्टका स्मरणमा पन्ध्रौँ चुचुरो भन्ने नामबाट फेरेर सन् १८६५ (वि.सं. १९२१) मा ‘माउण्ट एभरेष्ट’ नाम राखिदिए ।

एन्ड्रयू बाघको उक्त टोलीले नेपालको एक हिमशिखर संसारको सर्वोच्च भागका रूपमा रहेको दाबी पनि गरे । भारतको तत्कालीन कम्पनी सरकारद्वारा उक्त नामकरण गरिँदा जर्ज ७५ वर्षका थिए । जर्ज एभरेष्ट सन् १८२५ देखि सन् १८४३ सम्म भारतका सर्वेयर जनरल थिए । वि.सं. २०१३ सालमा इतिहास शिरोमणि बाबुराम आचार्यले उक्त पर्वतको नेपाली न्वारान गरी ‘सगरमाथा’ नाम राखिदिएका हुन । उनले यस पर्वतको नेपाली नाम ‘शारदा’ नामक पत्रिकामार्फत गरेका थिए ।

नेपालको सर्वोच्च शिखर सगरमाथामा पाइला राख्नलाई विश्वका साहसिकहरु मरिहत्ते गर्छन् । संसारकै छानो सगरमाथामा सन् १९५३ मे २९ मा न्यूजिल्याण्डका सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गेले सफलतापूर्वक पाइला राखेपछि विश्वका साहसिकहरु सगरमाथातिर कान थाप्न थाले । धेरैलाई सर्वोच्च शिखरलाई हेर्ने र पौठेजोडी खेल्दै शिखर चुम्ने रहर पालेका हुन्छन् । त्यसो हिमाली फेदैमा बसेका शेर्पाहरुका लागि सगरमाथा र अन्य हिमालहरु कृढास्थल हुन् । यी घरै मास्तिरका सेता हिमालहरुमा सात समुद्रपारीबाट आएका हिमाल पारखीहरुलाई शेर्पाहरुले नै शिखरमा पु¥याउँछन् । तिनै साहषिक आरोहीमध्येका एक सफल आरोही हुन्, टासी लाक्पा शेर्पा ।

परिचय :-
संखुवासभाको मकालु गाविस–९ मा २०४३ सालमा जन्मेका टासी लाक्पा शेर्पाले सानैदेखि हिमालको आरोहणको सपना बुनेर बसेका थिए । काठमाडौं छिरेपछि उनलाई सबैभन्दा पहिला आफ्नो आवश्यकताहरु पूरा गर्नु थियो । खानेदेखि बस्नेसम्मको बन्दोबस्त । शेर्पाहरुको पुख्र्यौली पेशा भएको कारणले गर्दा उनी विस्तारै सन् २००३ मा ट्रेकिङ अफिस ट्रेकिङ गाइडको रुपमा आबद्व भए । उनी त्यो दिन सम्झँदै भन्छन्, ‘आज म यो ठाउँमा आएर यतिसम्म गर्छु भन्ने सोचेको नै थिइन् ।’

मकालु र अरुणतिरबाट आउने पर्यटक र पर्वतारोहीहरुको लर्को देखेर टासी निकै उत्साहित हुन्थे । एक दिन म पनि हिमालमा बिदेशीहरुलाई लिएर हिमालको शिखरमा पुग्छु भन्ने अठोट लिएका थिए । त्यो उनले पुरा गरी पनि छाडे ।

टासी जस्ता साहषिक शेर्पाहरुको कथा संसारभरी फैलिएको करिब ६४ बर्ष पुगिसकेको छ । टासीले सगरमाथाको कथा शेर्पा भएको कारण हजुरबाउ कै पालादेखि सुन्दै आएका थिए । ती हिमाली कथाहरु सुन्दा टासी पनि एक दिन सगरमाथाको शिखरमा पाइला राखेर विश्वमा नाम चिनाउने अठोट लिएका थिए ।

काठमाडौं छिरेको छोटो समयमा नै उनले सन् २००४ सगरमाथामा माउन्टेन गाइडका रुपमा पहिलो पटक पाइला राखे । उनी त्यो बेला १७ वर्ष मात्र भएका थिए । अनि त्यसपछि लगातार ८ पटकसम्म सर्वोच्च शिखरमा पाइला राख्न सफल भएका छन् ।

विश्वको चर्चित सुन्दर पर्वत आमादब्लम पनि आरोहण गरिसकेका छन् । हामी शेर्पाहरुको संसार हिमाली संसार हो, जहाँ हामी शिखरहरुमा रोमान्स गर्छौं र गराउँछौं, उनले सुनाए ।

टासीका सुखद क्षण :-
त्यसो टासीले सगरमाथा बाहेक अन्य हिमालमा पनि सफलता हात पारिसकेका छन् । खुम्बु आइसफल पार गर्नलाई सबैले निकै परिश्रम गर्नुपर्छ, उनले भने ।

सगरमाथामा करिब ४ हजार ६ सय जनाले पाइला टेकिसकेका छन् । त्यसमा पनि हाम्रै साहषिक शेर्पाहरुको बहुमत पाइला पुगेका छन् । सगरमाथामा समावेशी सिद्धान्त लागु हुँदैन, केवल साहषिकता, टासीले मुस्कुराउँदै भने ।

सगरमाथामा पहिलो, दोस्रो, तेस्रो र चौथो शिविर खडा छन् । त्यसपछि शुरु हुन्छ, हिलारी स्टेप, साउथ समिट अनि समिट । शिखरमा पुगेर संसारलाई हेर्न पाउँदा निकै प्रफुल्ल भइन्छ, खुशीको सीमा नाग्छ, शेर्पाले सगरमाथामा पहिलो पाइला राखेको क्षण सम्झे । शिखरबाट घरपरिवार, साथीभाई र सानैदेखिको सपना साकार भएको महसुस गरे, उनले भने ।त्यसो त टासीले सगरमाथाबाट खाता खोलेर अरु हिम शिखरतर्फ पाइला लम्काए । उनले सगरमाथा हिमाल नै आरोहण गर्न कठिन हिमाल रहेको बताए ।

सगरमाथाबाट छेउमै देखिने मकालु हिमाललाई पनि टासीले देखे र एक दिन त्यता पनि पाइला राख्ने निश्चय गरे । मकालुको शिरमा पनि २ पटक पाइला टेकेको कुरा एकै साहसमा सुनाए । यी बहादुर र साहषिक पर्वतारोही टासीले चोयुको पनि सफलतापूर्व आरोहण गरेका छन् । टासी सगरमाथा टाकुरामा पुग्दा कहिले अक्सिजन सकिने, माउण्टेन म्याडनेश हुन्छ, धेरै पर्वतारीहलाई यस्तो खालको मुकालबिला गर्नुपर्छ, पुराना कुराको याद गरे ।

टासीले मनाङमा रहेको तिलिचो हिमालको शिखर पनि चुमिसकेका छन् । यो हिमाल पनि निकै कठिन र चुनौतीपूर्ण छ । विश्वको चर्चित सुन्दर पर्वत आमादब्लम पनि आरोहण गरिसकेका छन् । हामी शेर्पाहरुको संसार हिमाली संसार हो, जहाँ हामी शिखरहरुमा रोमान्स गर्छौं र गराउँछौं, उनले सुनाए । विश्व आरोही संजय पण्डित, नायिका निशा अधिकारी, नायक अर्जुन कार्की, निजामती कर्मचारीको समूहलाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको स्वाद चखाइसकेका छन् । सेवेंन समिट ट्रेक एजेन्सीका निर्देसक टासी शेर्पाले ।

टासीका दुःखद क्षण :-
सगरमाथको खुम्बु आइसफलमा सन् २०१४ मा आएको हिमपहिरोमा टासीले १६ जना सह–आरोहीहरुलाई गुमाए ।

त्यो बेला टासीले धेरै जनालाई सहयोग गरे । सहआरोहीहरु गुमाउँदा निकै निराश हुन गएको कुरा बताए । आँखै अगाडी जस्तो साथीहरु गुमाउँदा निकै दुःख लाग्यो, उनले भने । सबैभन्दा ठूलो घटनाको ‘ईस्यू’ बन्यो ।

२०१२ मा सँगै आरोहण गर्दा ४ जना साथी गुमाएँ । त्यो बेला जति भावुक कहिल्यै बनेको थिइन्, उनी भन्छन्, ‘त्यस्तै मनाङको तिलिचोक हिमाल चढ्दा आफैंसँगै आरोहण गरेका इरायन साथी पनि गुमाएँ ।’

त्यस्तै २०७२ सालमा सगरमाथा आरोहणका लागि आधारशिविरमा विदेशी पाहुनालाई लिएर गएका थिए, टासी । भूकम्प आउँदा उनी आधार शिविरमा खाना खाएर आराम गर्दै थिए । महाभूकम्पले सारा हिमाल नै हल्लाइदियो र पुमोरी हिमालबाट आएको हिमपहिरोले १८ जनाको ज्यान लियो । हिमालमा कहाली लाग्दा घटनाका साक्षी बनेका टासी, पछिल्लो समय हिमाल निकै खतरापूर्ण रहेको उनको ठम्याइ छन् ।

२०१२ मा सँगै आरोहण गर्दा ४ जना साथी गुमाएँ । त्यो बेला जति भावुक कहिल्यै बनेको थिइन्, उनी भन्छन्, ‘त्यस्तै मनाङको तिलिचोक हिमाल चढ्दा आफैंसँगै आरोहण गरेका इरायन साथी पनि गुमाएँ ।’

भूकम्प आएको बेला म आफ्नो उद्योग बचाउनको लागि भनेर त्यहाँ ६ दिन बसे । त्यहाँ ६० जनाभन्दा बढि मानिसहरु थिए । सकेको ठाउँबाट धेरैको उद्दार पनि गरें, उनले त्यो बेलाको आफ्नो अनुभव सुनाए ।

भूकम्प आइसकेपछि पनि उनले नेपालमा आएका विदेशीहरुलाई नेपालको हिमाल आरोहण गर्छु भनेर लिएको परमिट २ वर्षसम्म पाउने व्यवस्था मिलाउन विशेष पहल गरे । २०१६/०१७ मा नेपालमा धेरै पर्यटक आएको उनी बताउँछन् । उनले पर्यटन विकासको लागि अब चाहिने भनेको पूर्वाधार रहेको बताएका छन् । यसमा नेपाल सरकारको ध्यान जानुपर्ने हुन्छ ।

हामी साहषिकहरुका लागि जीवन चुनौतीपूर्ण छ, तर सम्बन्धित निकायले सुरक्षा पनि प्रबन्ध गनुपर्छ न की राज्य मात्रै संकलन, टासीले राज्यप्रति इंगित गर्दै भने ।

अन्त्यमा…
नेपालमा पर्यटन क्षेत्र विकास गर्नको लागि कम्तिमा ४ ओटा अन्तर्राष्ट्रिय विमानस्थल हुनेपर्ने उनी बताउँछन् । त्यस्तै ७ वटै प्रदेशमा ७ ओटा पर्यटन शहर बनाएमा पर्यटन क्षेत्र सोचेको भन्दा निकै अगाडि रहने उनको ठम्याई छ ।

उनी भन्छन्, ‘हामी नेपाली भएर पनि सगरमाथाको बारेमा धेरैलाई जानकारी छैन् । त्यसैले सगरमाथाबारे सबैलाई जानकारी गराउन नेपाल सरकारले कुनै न कुनै पहल गर्नुपर्छ ।’

सुरुमा सगरमाथा आरोहण गर्न जाँदा काम गर्ने मान्छे त्यसपछि सधैं काम गर्न पाउने जस्तो महसुस भएको उनले बताए ।

दूई बर्षसम्म सगरमाथामा आरोहण बन्द भए र यसबर्ष सफलतापूर्वक सगरमाथामा आरोहण भएकाले हामी सबै शेर्पाहरु र नेपालीहरु खुशी भएका छौं । संसारभरी नेपाल सुरक्षित रहेको सन्देश गएको छ, उनले आशावादी भएर सुनाए । टासीले सगरमाथा एबम ८ हजार मिटरमाथिका हिमाल आरोहण गर्ने पर्यटक आरोहीलाई नेपाल सरकारले राष्ट्रिय परिचय पत्र, छुटै ड्रेस कपडाको चिनारी , मेडल पनि व्यवस्था गर्नको लागि नेपाल सरकारसँग जोडदार माग गरिरहेका छन् ।

हाल टासी टानका बरिष्ठ उपाध्यक्ष, ट्रेकिङ कम्पनी र नेपालमै बन्ने लुगा याक माउन्टेन ब्रान्डको संचालक हुन् । उनले कृषि, शिक्षा, स्वास्थ्य, यातायातलगायत थुप्रै ठाउँमा सहयोग गर्दै आइरहेका छन् ।

LIVE TV