२३ बैशाख २०७४, शनिबार

काठमाण्डौ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मार्सल जुलुम शाक्यको आज बिहान ८.४५ बजे निधन भएको छ ।

ग्रान्डी अस्पतालनमा पाँच दिनदेखि उपचारत् शाक्यको ७७ वर्षको उमेरमा मृत्यु भएको नेपाली काँग्रेसका नेता तथा सभासद् भीमसेन दास प्रधानले जानकारी दिए ।

प्रधानकाअनुसार उहाँको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिनेछ । उनको आजै टेकु दोभानमा अन्तेष्ठि गरिनेछ । स्व शाक्य २०४६ सालपछिको अन्तरिम मन्त्रिपरिषद्का आपूर्तिमन्त्री थिए ।

उनी विसं २०१७ पुस १ गते राजाले तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालाई अपदस्त गरेपछि कालो झन्डा लिएर प्रदर्शनमा उत्रदा जेल परेका थिए । सोही समयदेखि उनी मार्सल जुलुम शाक्यका नाममा सर्वत्र परिचित थिए ।

LIVE TV