२३ बैशाख २०७४, शनिबार

गाईघाट । आठ दिनअघिदेखि घरबाट हिँडेर बेपत्ता भएका त्रियुगा–१० बोक्से स्थायी घर भई त्रियुगा–७ स्थित असारीको जनता निमाविमा कार्यरत ४६ वर्षीय शिक्षक जयबहादुर राई शुक्रबार साँझ मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राईे मोतीगडास्थित चाँपको जङ्गल क्षेत्रमा फेला परेको हो । स्थानीयवासी गोठालाले साँझपख गाईवस्तु जङ्गलबाट घर फर्काउने क्रममा राईलाई मृतावस्थामा देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए ।

दाहसंस्कार गर्न प्रहरीले मृतकका आफन्तलाई जिम्मा लगाएको उदयपुरका प्रहरी प्रमुख नरबहादुर केसीले बताउनुभयो । शवका छेउमा एउटा विषादी वस्तुको सिसी भेटिएको जनाइएको छ ।

शिक्षक राईले १५ दिन अघिदेखि नै घरमा अनौठो व्यवहार देखाउन थालेका थिए । छोराको विवाह सम्पन्न भएको भोलिपल्टदेखि नै राई घरबाट बेपत्ता भएका थिए ।

LIVE TV