२३ बैशाख २०७४, शनिबार

काठमाडौं । स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा–सुविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ । ऐनको मस्यौदा संसद्बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । तर, अहिले स्थानीय विकासमन्त्री नभएका कारण ऐनको मस्यौदा संसद्मा पुग्न सकेको छैन ।

मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार दैनिक रूपमा कार्यालय आएर सेवा प्रदान गर्नुपर्ने पदाधिकारीलाई न्यूनतम सेवा–सुविधा दिने व्यवस्था गर्न लागिएको हो । त्यसरी सेवा–सुविधा पाउनेमा भने महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका प्रमुख, उप्रमुख र वडाध्यक्षहरू पर्नेछन् । मन्त्रालयले तयार गरेको मस्यौदाअनुसार एक वर्षमा स्थानीय तहका पदाधिकारीको तलबबापत करिब एक अर्ब नौ करोड रुपैयाँ खर्च हुनेछ ।

हेरौ कसको तलब कति ?
महानगरपालिका
प्रमुख : ६० हजार
उपप्रमुख : ५० हजार
वडाअध्यक्ष : ३० हजार
उपमहानगरपालिका
प्रमुख : ४५ हजार
उपप्रमुख : ४० हजार
वडाअध्यक्ष : २५ हजार
नगरपालिका
प्रमुख : ३० हजार
उपप्रमुख : २५ हजार
वडाअध्यक्ष : २० हजार
गाउँपालिका
प्रमुख : २५ हजार
उपप्रमुख : २० हजार
वडाअध्यक्ष : १५ हजार
बैठक भत्ता १ हजार

LIVE TV