२२ बैशाख २०७४, शुक्रबार

 

ब्रसेल्स (बेल्जियम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन (ईयू) का प्रमुखहरुसँग यसै महिना मे को अन्तिमतिर भेट गर्नु हुने भएको युरोपेली आयोगका प्रमुख डोनाल्ड ट्रम्पका प्रवक्ताले शुक्रबार पुष्टि गर्नुभएको छ ।

ट्रम्पले आफू अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो विदेश भ्रमणका क्रममा उहाँहरुसँग भेट गर्ने बताइएको हो ।

ईयूका प्रमुख जाँ क्लाउड जङ्कर र ईयूका सहप्रमुखबीच आगामी यही मे २५ मा ब्रसेल्समा भेट हुने कुरा युरोपियन आयोगका प्रमुख टस्क र ईयू प्रमुख जङ्करलाई उद्धृत गर्दै प्रवक्ता प्रेवेन अमानले ट्वीट गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपतिका रुपमा ट्रम्पले जिम्मेवारी सम्हालेका दिन सन् २०१७ जनवरी २० गते युरोपेली आयोगका प्रमुख टस्कले ‘ट्रम्पका घोषणाहरु’ ले बाह्य चुनौती थपिएको र आगामी दिन अल्पकनीय रहेको बताउनुभएको थियो ।

वासिङटनको नेतृत्वमा आएको परिवर्तनसँगै ईयू पनि जटिल अवस्थामा पुगेको भनाईहरु विज्ञहरुले व्यक्त गरेका थिए ।

उनीहरुले ट्रम्पको अमेरिकी राजनीतिमा आगमनसँगै ७० वर्ष पहिलेदेखि अभ्यासमा रहेको अमेरिकी विदेश नीतिमा प्रश्नचिह्न खडा भएको भनी युरोपेली आयोगका प्रमुख टस्कले जनवरी ३१ मा ईयू सदस्य राष्ट्रलाई सम्बोधन गरी लेखेको पत्रमा बताइएको थियो ।

ट्रम्पले यही महिनाको अन्त्यतिर ब्रसेल्समा हुने नेटो सम्मेलन र इटालीमा हुने विश्व शक्ति राष्ट्रहरुको सम्मेलन (जी¬–सेभेन) मा सहभागी हुने पक्का भएको ह्वाइटहाउसद्वारा जारी वक्तव्यमा बिहीबार जनाइएको छ । रासस

LIVE TV