२२ बैशाख २०७४, शुक्रबार

 

बेरुत (लेबनान) । सिरियाको राजधानीबाट पूर्वमा रहेको घाउटा क्षेत्रमा भएको आन्तरिक द्वन्द्वका घटनामा बितेको एक हप्ताको समयमा १६९ जनाको मृत्यु भएको यहाँको सिरियाली अनुगमन समूहले जनाएको छ ।

गत अप्रिल २८ मा सुरु भएको इस्लामिक स्टेट (आईएस) समूह तथा पूर्व अलकायदा समूहसँग आवद्ध फतेह अल साम फ्रन्ट र सहयोगी फेलाक अल रहमान समूहबीच सशस्त्र झडप हुँदा १५६ जना लडाकूका साथै १३ जना सर्वसाधारणको मृत्यु भएको सिरियाली मानवअधिकारवादी सङ्गठनले जनाएको छ ।

मृतकमध्ये ६७ जना आईएसका सैन्य लडाकू रहेकोसमेत उक्त संस्थाले जनाएको छ ।

इद्यपि उक्त स्थानमा पछिल्ला दिनमा स्थिति सामान्य बनिसकेको पनि बताइएको छ । यो क्षेत्र सिरियाली सरकारद्वारा विद्रोही विरुद्धको कारबाहीका लागि विशेष निगरानी क्षेत्र हो । रासस

LIVE TV