२२ बैशाख २०७४, शुक्रबार
  • दानबहादुर बुढा,

मुगु । मुगु–जिल्लाभर स्थानीय तहको निर्बाचनको लागि मुख्य निर्बाचन अधिकृतको कार्यालयमा ६ सय ६५ जनाको उम्मेद्वारी दर्ता भएको छ । मुगुमा प्रमुख तीन दलसहित १२ दलका उम्मेद्वारहरु चुनावी मैदानमा देखिएका छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिकमा मेयर पदमा ८ जना पुरुष, १ जना महिला गरि ९ जना, उपमेयरमा ३ जना पुरुष २ जना महिलाको उम्मेद्धारी मनोनयन परेको छ । नगरपालिकामा ३७ जना पुरुष ४ जना महिला सहित ४१ जना वडाअध्यक्षमा, खुल्ला महिला सदस्यमा ४० जना, दलित महिलामा ३४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
वडातहको खुल्ला पुरुष सदस्यमा ७७ जना गरि नगरपालिकामा कुल २ सय ६ जनाको उम्मेद्वारले मनोनय दर्ता गराएको मुख्य निर्बाचन अधिकृत पुर्णसोर प्रसाद उपाध्यायले जानकारी दिनुभयो । नगरपालिकामा काँग्रेस, एमाले, माओवादी केन्द्र राप्रपा, माले, परिवार दल, नेककिपा, समाजवादी जनता पार्टी लगायत १२ दलले उम्मेद्वारी दर्ता गराएका छन् ।
जिल्लाको पूर्बीभेगमा रहेको मुगुम् कार्मारो¨ गाउँपालिकामा प्रमुखमा ३ जना, उपप्रमुखमा ५ जना र वडाअध्यक्ष पदमा २० जनाको उम्मेद्धवारी मनोनय भएको छ । उक्त गाउँपालिकामा अन्य पदहरुका लागि समेत गरी कुल १ सय ८२ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
सोरु गाउपालिकामा प्रमुखमा ४ जना र उपप्रमुखमा ३ जना सहित महिला दलित पुरुष सदस्य गरि कुल १ सय ७७ जनाको उम्मेद्धारी दर्ता भएको जिल्ला निर्बाचन अधिकारी राजीमान बुढाले जानकारी दिनुभयो । जिल्लाको तीन वटा गाँउ पालिकाहरुमा काँग्रेस, एमाले, माओबादी केन्द्र, राप्रपाको उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएका छन् ।

 

LIVE TV