२२ बैशाख २०७४, शुक्रबार

काठमाडौं । यतिबेला मुलुकको माहोल, निर्वाचनमय बनिरहेको छ । जनतालाई अाँँफुतिर आकर्षित गर्न दलहरु तल्लीन छन् । निर्वाचनको चटारो राजनीति दललाई त छदै छ नै त्यो भन्दा बढि अझ ब्यापारीहरुलाई परेको छ । राजधानीका छपाई कारखानाहरु यतिखेर राजनीतिक दलहरुको झण्डा छापेर विक्री गर्न ब्यस्त छन् ।

यो काठमाडौको बागबजारमा रहेको छपाई सम्बन्धि काम गर्ने पसल । हरेक किसिमका प्रिन्ट सम्बन्धी काम गरिने यी पसलहरुलार्ई यतिबेला फुर्सद पनि छैन । यी छपाइका काम गरिने पसलहरु यतिबेला चुनावी प्रचारप्रसार सामग्री उत्पादनको थलो बनेका छन् । निर्वाचनका लागि पार्टीगत झण्डा, टिसर्ट, टोपी लगायतका सामग्री छाप्न भ्याईनभ्याई छ छपाई कारखानाका ब्यापारीहरुलाई ।

काठमाडौंको बागबजारका सबै छपाई पसलहरु यतिबेला चुनावी प्रचारप्रसार सामग्री उत्पादनको थलो बनेका छन् । निर्वाचनकै लागि भनेर राजनीतिक दलहरुले झण्डा, टिसर्ट छाप्ने काम सुम्पिएका छन्, छपाई कारखानाहरुलाई । त्यसैले यतिखेर उहाँको व्यापार मौलाएको छ ।

एउटा झण्डाको प्रतिपिस २० देखि ४० रुपैयाँ सम्म पर्छ भने टिसर्टको मूल्य २५० रुपैयाँ बराबर रहेको छ । ब्यापारिहरु दिनरात नभनी निर्वाचनका सामग्री छपाईमा ब्यस्त छन् । साँच्चै माहोललाई हेर्दा दलहरु मात्र नभएर यतिबेला काठमाडौँका मुख्य गल्ली र पसलहरुमा समेत निर्वाचनको सरगर्मी प्रष्ट देख्न सकिन्छ ।

 

LIVE TV