२२ बैशाख २०७४, शुक्रबार

काठमाडौं । छात्रबृत्तिमा अध्ययन गरेका पाँच सय बढी डाक्टरले देशका विभिन्न ठाँउमा पुगेर सेवा दिएका छन् । एमबीबीएस अध्ययन पछि कम्तीमा दुई बर्ष सरकारले खटाएको स्थानमा गएर सेवा दिनुपर्ने व्यवस्था अनुरुप उनीहरुले सेवा दिएका हुन् ।

गतवर्षसम्म छात्रबृत्तिमा अध्ययन गरेका झण्डै अढाई सय डाक्टर दुई बर्षे सेवामा प्रवेश गर्ने गरेको र यसपटक देखि सो संख्या तीन सयको हाराहारीमा पुगेको बताएइको छ । अव अर्को वर्ष देखि ६ सय छात्रबृत्तिका डाक्टरले सेवा गर्ने स्वास्थ्य सेवा बिभागले जनाएको छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम अन्तर्गतका कलेजहरु, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, काठमाडौँ विश्वविद्यालय अन्तर्गतका कलेजहरु र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छात्रबृत्तिमा अध्ययन गरेकाहरुले उत्तीर्ण भईसकेपछि दुई बर्ष खटाएको ठाँउमा गएर सेवा गर्नुपर्छ ।

LIVE TV