२२ बैशाख २०७४, शुक्रबार

कैलाली । नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले गहँुको मूल्य निर्धारण गरी शुक्रबारबाट खरिद प्रकृया शुरु गरेको छ । संस्थानले यसवर्ष १० हजार क्वीन्टल गहुँ खरीद गर्ने अनुमति पाएको हो ।

स्थानीय खरिद व्यवस्थापन समितिले निर्धारण गरेको मुल्य अनुसार जिल्लाका विभिन्न ठाउँवाट गहुँ खरिद गर्न लागेको नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीका अञ्चल प्रमुख डिल्लीराज लम्सालले बताए ।
मुल्य निर्धारण समितिले धनगढीका लागि प्रति क्वीन्टल २ हजार ६ सय ७५ र टिकापुरका लागि २ हजार ६ सय १५ रुपैया मुल्य निर्धारण गरेको लम्सालले बताए ।
संस्थानले खरीद गरेको गहुँ भोकमरी ग्रस्त सुदुरपश्चिमका जिल्लाहरुमा पठाउने छ । अघिल्लो वर्ष संस्थानले ३ हजार क्वीन्टल गहुँ खरिद गरेकोमा यो वर्ष १० हजार क्वीन्टल गहुँ खरिद गर्ने तयारी गरेको छ ।
अधिकांश किसानहरुले आफुले उत्पादन गरेको गहुँ ब्यापारीहरुलाई सस्तो मुल्यमा बिक्री गरिसकेका छन् । यस्तो अवस्थामा संस्थानले ढिलो गरी गहुँको मुल्य निर्धारण गरेर खरिद गर्न लागेको प्रति किसानहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

 

LIVE TV