२२ बैशाख २०७४, शुक्रबार

काठमाडौं । नेपाल कला परिषद्का महासचिव शङ्करनाथ रिमालले नेपाल र भारतबीच लामो समयदेखि ऐतिहासिक सम्बन्ध रहेको बताएका छन् ।

नेपाल कला परिषद्मा यही वैशाख १९ गतेदेखि भारतको केरलाबाट आएका कलाकारले गरेका चित्रकला प्रदर्शनीको अन्तिम दिन महासचिव रिमालले दुई छिमेकी मुलुकबीचको सम्बन्ध अत्यन्तै सुमधुर रहेको बताउँदै नेपालीपनका कलाहरु हेरी भारतका कलाकारलाई आगामी दिनमा यस क्षेत्रमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
केरलाबाट आएका १३ कलाकारले ४९ कलाकृति प्रदर्शन गरेका थिए । प्रदर्शनीमा राखिएका कलाहरु भारतको प्रकृतिक सौन्दर्य, समुद्रका माछा, देवीदेवताको मूर्ति, केरलाका कलात्मक घरहरु राखिएका थिए ।
कलाकार आर जयन्थकुमारले आफूहरुको प्रदर्शनी अत्यन्तै सफल रहेको बताउँदै आगामी दिनमा समेत नेपालमा आएर यस्ता प्रदर्शनी गर्ने इच्छा व्यक्त गरे ।
कार्यक्रममा प्रा वंशी श्रेष्ठले नेपाल र भारत दुवै देशका कलाकारलाई सिक्ने ठूलो अवसर रहेको धारणा राखे । परिषद्का सदस्य शान्तकुमार राई, कलाकार हरिबहादुर खड्का र अरुणा हिङवाङले नेपाली कलाको चर्चा परिचर्चा गरेका थिए ।

LIVE TV