२२ बैशाख २०७४, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी दिएका उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले संयुक्त निर्वाचन परिचालन केन्द्रले दिएको तथ्यांकलाई आधार मानेर ४९ हजार ७ सय ५४ उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगले गत मङ्गलबार भएको उम्मेद्वारी मनोनयन दर्ताको तथ्यांक संकलन गरेर उम्मेद्वारी फिर्ता लिने उम्मेद्वारहरुलाई समेत समय दिएर शुक्रबार उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो ।
आयोगले संयुक्त निर्वाचन परिचालन केन्दलाई आधार मानेर १३ हजार ५ सय ५६ पदका लागि ४९ हजार ७ सय ५४ उम्मेद्वारको संख्या रहेको जनाएको छ । आयोगले आफनो कार्यतालिका अनुसार शुक्रबार विज्ञप्ति जारी गरेर आयोगले सबै भन्दा बढी काठमाडौँ महानगरपालिकामा ८ सय ८७ र मनाङमा सबै भन्दा कम २३ जनाको उम्मेदवारी परेको जनाएको छ ।

त्यसैगरि आयोगले पोखरा लेखनाथ महा नगरपालिकामा ८ सय ६५, भरतपुर महानगरपालिकामा ७ सय र ललितपुर महानगरपालिकामा ६ सय ३८ जनाको उम्मेद्वारी परेको जनाएको छ ।

त्यसैगरि आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि मतदान गर्ने मतदाता नामावलीहरुले आफनो मतदाता परिचयपत्र वैशाख २८ गते वितरण गर्ने समेत निर्णय गरेको छ ।

LIVE TV