२२ बैशाख २०७४, शुक्रबार

काठमाडौं । केकी अधिकारी र नाजिर हुसेन स्टारर सिनेमा राज्जा रानीले प्रदर्शन मिति घोषणा गरेको छ । पुस २८ गते सोसल ड्रामा प्रदर्शन हुने सहमति वितरण कम्पनी एफडी र निर्माताबीच बुधबार जुटेको छ ।

निर्माता रमेश एमके पौडेल र एफडी प्रमुख नरेन्द्र महर्जनले उक्त मितिमा सिनेमा प्रदर्शन हुने कुराको पुष्टि गरे । कोहिनुर, वीर विक्रम, शब्द, के म तिम्रो होइन र रानी लेखिसकेका थापाको यो डेब्यु निर्देशन हो ।

केकी, नाजिरसँगै फिल्ममा कामेश्वर चौरासिया मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । फिल्मले पश्चिम तराईस्थित सानो जनजाति समुदायको संवेदना र प्रेमकथा चित्रण गर्छ । केकी र नाजिरले रोमान्टिक जोडीको रुपमा फिल्ममा केमेस्ट्री बुनेका छन् ।

लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्यको समेत अभिनय छ । तारा प्रकाशलिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

LIVE TV