२२ बैशाख २०७४, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह चुनावमा माओवादी केन्द्रसँग भएको चुनाव तालमेल स्वभाविक र राजनीतिक भएको जनाएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिद्वारा पत्रकार सम्मेलन गरी तालमेलबारे औपचारिक जानकारी गराएको हो । कांग्रेस र माओवादीबीच दुई महानगरपालिका र एक उपमहानगरपालिकाका साथै केही नगरपालिकामा चुनावी तालमेल भएको छ ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा संयोजक रमेश लेखकले चुनावी तालमेल प्राकृतिक भएको बताउनुभयो । संघीयता, गणतन्त्र पक्षधर र संविधानको स्वीकार्यता बढाउनुपर्छ भन्ने शक्तिसँगको तालमेल भएकाले यसको राजनीतिक अर्थ बोकेको बताए ।

लेखकले पार्टीबाट स्वतन्त्र उमेद्वारी दिएका उमेद्वारलाई उमेद्वारी फिर्ता लिन आग्रह गर्दै अटेर गरेको खण्डमा पार्टीगत कारबाही गरिने स्पष्ट पारे । कांग्रेसले चुनावी तालमेलको सहमतिलाई कार्यान्वयन गर्न कार्यकर्तालाई अपील समेत गरेको छ ।

LIVE TV