२२ बैशाख २०७४, शुक्रबार

काठमाडौं । अलाईड ब्लेण्डर्स एण्ड डिस्टिलर्स प्रा.लि.(ए.बि.डी)ले आफ्नो ब्राण्ड बिश्वको तिब्र गतिमा बिस्तार भईरहेको मदिरा कम्पनीले आफ्नो डिलक्स ह्वीस्की ब्राण्ड ‘अफिसर्स च्वाईस’ सार्वजनिक गर्दै नेपालमा पनि शसक्त रुपमा प्रवेश गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा सो ब्राण्डको ‘अफिसर्स च्वाईस ब्लु’ नेपालमा पनि सार्वजनिक भएको घोषणा गरेको छ ।


यहि २०१७ मार्चको अन्तिम सम्ममा कम्पनीले तीन करोड बत्तिस लाख केस बिक्री गर्न सफल भएको जानकारी गराएका छन् । ए.बि.डी. आफ्नो उपस्थिती बिश्वको भारत, युएई, ओमन, कतार, बहाराईन, नाईजेरिया, मलेसिया, सिंगापुर, चिली, अमेरीका लगाएतका २६ मुलुकहरुमा सफल रुपमा भित्र्याउन पाउँदा कम्पनी निकै उत्साहित रहेको कार्यक्रममा जानकारी गराएका छन् ।

यस्को आफ्नो फ्ल्यागशिप ब्राण्ड अफिसर्स ह्वीस्की केवल बिश्वको सबै भन्दा बढि बिक्री हुने ह्वीस्की ब्राण्ड मात्र नभएर बिश्वमै दोस्रो सबैभन्दा बढि बित्री हुने मदिरा ब्राण्ड पनि हो । ‘अफिसर्स च्वाईस ब्लु’ अफिसर्स च्वाइसको प्रिमियम संस्करण हो, जुन २०११ मा अनवरण गरिएको थियो । पाँच वर्षको समयावधि भित्र यो ब्राण्डले ८० लाख केसहरु उत्पादन गरिसकेको छ ।

अफिसर्स च्वाइस ब्लुको बिशेष स्कच जौं र छानिएका अन्नहरुको अद्धितिय समिश्रणको लाखौं उपभोक्ताहरुलाई तानिसकेको छ । अहिले यस्को उत्कृष्ट प्याकेजिङ र संचार संवादले उपभोक्ताहरुलाई तानिरहेको छ । बिश्वभरका बजारहरुमा परिक्षण सफलतापछि अफिसर्स च्वाइस ब्लु ए.बि.डी. नेपालमा पनि बिस्तार हुन आईपुगेको छ ।

कार्यक्रममा बोल्दै अलाइड ब्लेण्डर्स एण्ड डिस्टिलर्सका कार्यकारी उपाध्यक्ष दिपक रायले भने, ‘ए.बि.डी.को आधारभुत मुल्यहरु मध्ये एउटा निरन्तर आविस्कारिक हुनु र फरक हुनु हो । यहि मुल मन्त्रले अफिसर्स च्वाइस ब्लु उत्कृष्ट ब्लेण्ड मध्येको एक सिर्जनाको रुपमा अगाडी आएको छ । साथै, २०११मा अनवरण भएको यो ब्राण्ड बिश्वकै उपभोक्ताहरुले निकै मन पराउँदै आएका छन् ।’

यस अलाइड ब्लेडर्स एण्ड डिस्टिलर्स किशोर छाबरियाद्वारा प्रवद्र्धित कम्पनी हो । यस्को फ्ल्यागशिप ब्राण्ड चर्चित अफिसर्स च्वाइस ह्वीस्की हो र यस्को पोर्टफिलियोमा अफिसर्स च्वाइस ब्लु ह्वीस्की, अफिसर्स च्वाइस ब्ल्याक ह्वीस्की, क्लास क्वान्टी वान ग्रेन भोड्का, लगाएतका प्रिमियम ब्राण्डीहरु रहेका छन् । यो ए.बि.डी.भारतको तेस्रो ठुलो मदिरा कम्पनी पनि हो ।

LIVE TV