२२ बैशाख २०७४, शुक्रबार

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रस्तावबारे परेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाई सुरु भएको छ ।


न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा बिहीबार हेर्दाहेर्दैमा राखिएको यस मुद्दाउपर आज सुनुवाई सुरु भएको हो ।

आजको सुनुवाईमा रिट निवेदकका तर्फबाट पुर्व महान्यायाधीवक्ता युवराज संग्रौला, रमेश बडाल, गोविन्द बन्दी, वरिष्ठ अधिवक्ता रविराज खनाल, पुर्व महान्यायधीवक्ता हरि फुयाँल, कृष्ण भण्डारीले बहस गर्ने बताइएको छ ।
यसअघि हिजो कानुन व्यवसायी दिनेश त्रिपाठी र टीकाराम भट्टराईले बहस गर्नुभएको थियो । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सुनिलरञ्जन सिंहले प्रधानन्यायाधीश कार्कीविरुद्ध महाभियोगको प्रस्ताव संविधान विपरीत भएको जिकिर गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

निवेदकहरुले महाभियोगसम्बन्धि काम कारबाही अघि नबढाउन अन्तरिम आदेशको माग गरिएको छ ।

LIVE TV