काठमाडौं । राजनैतीक दलहरु घोषणा पत्र लिएर तपाईको घर दैलोमा आँउदैछन् । हर पार्टीका घोषणापत्र बेजोडका बनेका छन् । रेल, पानी जहाज, १० औँ हजार मेघावट विजुली जस्तो आर्कषक र लोभलाग्दा कार्यक्रमहरुले भरिएका घोषणपत्रहरु तपाइले हेर्न पाउनुहुनेछ ।
भनिएका सम्पुर्ण कुराहरु अति आवश्यक छन् तर बोलीमा मात्र सिमित हुने यस्ता घोषणापत्रहरु व्यवहारमा परिणत हुन सक्छन् कि सक्दैनन् भन्ने कुरा अब हेर्ने बेला आएको छ । सम्वृद्विको सपना देख्नु राम्रो कुरा हो ।
देशमा रेल, जहाज, विजुली ल्याउनु जरुरी छ । तर तपाईको घर दैलोमा आउने उम्मेद्वार आफूले बोलेको कुरा पुरा गर्न सक्षम छन् त ? बोलेको कुरा पुरा गर्ने योजना के हो ? सोध्न नभुल्नु होला ।
योजना कार्यान्वयन गर्ने श्रोत के हो ? सोध्नु होला । याद राख्नुस्, अझैँ पीि यो देशका धेरै पार्टी र उम्मेद्वारलाई लाग्छ कि हामी जनता भेडा हौँ । अझैं पनि यिनलाई लाग्छ की जनता मासु चिउरा र पैसामा बिक्छन् ।
सावधान कसैको प्रलोभनमा परेर तपाईंले आजको छाक त टार्नुहोला तर भोली तपाईका सन्ततीहरु फेरी मरुभूमिमा उँट चराउन बाध्य होलान् । तपाईलाई धेरैले मेरो पकेटको मान्छे भन्ने ठानेका छन् । यसपाली देखाइदिनुहोस् कि तपाई कसैको पकेटको मान्छे होइन भनेर ।
आफ्नो विवेक प्रयोग गरी, इमान्दार, स्वच्छ छवि भएको, भष्ट्रचारको आरोप नलागेको, गुण्डा र पैसाको भरमा चुनाव नलडेको मानिस छान्नुहोस ।
अर्कैले लेखिदिएको घोषणापत्र बोकेर आउने डमी नेता होइन, जनताको आँखामा आँखा जुधाएर, हरेक प्रश्नको जवाफ दिन सक्ने, जोशीलो, आँटीलो र भिजन भएको व्यक्ति छान्नु सक्नुहो्स ।
छल बल कर र लोभमा पर्नुभो र मान्छे नहेरी भोट हाल्नुभो भने अर्को ५० बर्षसम्म हामी गक्ष अनुसारको देशको एम्बेसीमा भिषाको लागि भगवान पुकार्दै लाइन लागिरहेका हुनेछौँ ।