२२ बैशाख २०७४, शुक्रबार

एजेन्सी । यो बर्ष कतिपय कलाकार पर्दामा आएर पनि सफल हुन सकेनन्, तर चर्चा भने पाए । नेपाली चलचित्रका दर्शकले केहि कलाकारलाई पर्दामा हेर्न पाएनन्, पर्दामा नआएपनि ती कलाकारको चर्चा भने बर्षभरि नै भयो । त्यस्ता केहि कलाकारको चर्चा गरौं जो बर्षभरि नै मिडियाको हेडलाइन्समा बनिरहेँ ।

१. नम्रता श्रेष्ठनायिका नम्रता श्रेष्ठको यो बर्ष कुनै पनि चलचित्र रिलिज भएन । तर, यो बर्ष आयोजना भएका राष्ट्रियदेखि विभिन्न संघसंस्था र व्यक्तिले गर्ने सबै अवार्ड समारोहमा नम्रताले ‘उत्कृष्ट नायिका’को अवार्ड जितिन् । सार्वजनिक कार्यक्रममा प्रेमी दावा शेर्पासँग हिड्ने गरेका कारण पनि नम्रतालाई मिडिया कभरेज राम्रै मिल्यो । जसले गर्दा उनलाई बर्षभरि नै हेडलाइन्समा रहने मौका मिल्यो ।

२. रेखा थापानायिका रेखा थापा यो बर्ष चलचित्र भन्दा पनि राजनीतिका कारण हेडलाइन्समा रहिन् । राप्रपा पार्टीको केन्द्रिय सदस्यमा विजयी भएपछि रेखा सवैभन्दा बढी चर्चित बनिन् । साथमा, रेखाले यो बर्ष ३ वटा चलचित्रको छायांकन सकिन् । आफैले निर्माण गर्न लागेको नयाँ चलचित्रका कारण पनि उनी हेडलाइन्समा बनिरहिन् ।

३. साम्राज्ञीराज्य लक्ष्मी शाहगतबर्ष चलचित्र ‘ड्रिम्स’बाट नेपाली चलचित्रमा उदाएर एकाएक धमका मच्चाएकी नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको यो बर्ष कुनै पनि चलचित्र रिलिज भएन । उनले चलचित्र ‘ए मेरो हजुर २’का लागि महंगो पारिश्रमिक लिएकोदेखि उनको प्रेम चर्चा हेडलाइन्समा रहन पुगे । प्रेमी मयंक खड्कासँगको विभिन्न तस्बिर सार्वजनिक भएपछि उनी झनै लाइमलाइटमा रहिन् । साथै, बर्षको अन्त्यमा चलचित्र ‘ए मेरो हजुर २’को गीत रिलिज भएपछि त उनको चर्चा झनै चुलियो । युटुबदेखि समाचारका भित्तामा उनलाई खोज्नेको संख्या सबैभन्दा बढी देखियो ।

४. प्रदिप खड्कानायक प्रदिप खड्काको यो बर्ष कुनै चलचित्र रिलिज भएन । तर, गतबर्ष रिलिज चलचित्र ‘प्रेमगीत’ले उनलाई यो बर्ष पनि मिडियामा चर्चित बनायो । यो बर्ष उनले चलचित्र ‘प्रेमगीत २’को छायांकन गरे । तुलसी घिमिरेदेखि ‘ए मेरो हजुर २’ चलचित्रको अफर छाडेपछि उनी मिडियामा चर्चित बने । चलचित्र रिलिज नभएपनि उनलाई दर्शकले यो बर्ष पनि खोजिरहे ।

५. संचिता लुइटेलनायिका संचिता लुइटेल अभिनित यो बर्ष ‘राधा’ नामक चलचित्र रिलिज भयो । संचिता नै शिर्ष भूमिकामा रहेको यो चलचित्रले बक्स अफिसमा औषत व्यापार गर्‍यो । धेरैजसो सार्वजनिक कार्यक्रममा पुग्ने गरेकी संचिताको उनको पहिरन र फिगरको चर्चा बढी भयो । छोटो समयमा नै फिगर मेन्टेन गर्न सक्ने नायिकाको सुन्दरताले उनलाई चर्चित बनायो ।

६. पल शाहयो बर्ष नायक पल शाहको पनि कुनै चलचित्र रिलिज भएन । पल अभिनित गतबर्षको अन्त्यमा चलचित्र ‘नाई नभन्नु ल ४’ रिलिज भयो । आँचल शर्मा र पलको प्रेमको समाचार सार्वजनिक भएपछि उनलाई बर्षभरि नै मिडियाले यहि प्रश्नले पछ्याइरह्यो । यस्तै, उनी यो बर्ष चलचित्र ‘जोनी जेन्टलम्यान र म यस्तो गीत गाउँछु’मा व्यस्त बनेँ । जसकाकारण, पल बर्षभरि नै मिडियाको हेडलाइन्समा बने ।

७. स्वेता खड्काकुनै पनि चलचित्र रिलिज नभएपनि यो बर्ष नायिका स्वेता खड्का समाजसेवाका कारण हेडलाइन्समा रहिन् । सिन्धुपाल्चोकमा उनले बस्ती निर्माणमा सहयोग गर्ने बताएपछि उनलाई शुभकामना दिनेहरु धेरै भए । साथै, उनले चलचित्र ‘कान्छी’ निर्माण गर्ने घोषणा गरेसँगै ‘दयाहाङ राइकी कान्छी’ भन्दै उनी हेडलाइन्समा रहिन् । स्वेताका इन्टरभ्यूहरु युटुबमा धेरै खिचिए, जसलाई दर्शकले मन पराएको पाइयो ।

८. पूजा शर्मायो बर्ष नायिका पूजा शर्माको पनि कुनै चलचित्र रिलिज भएन । तर, गतबर्ष नै रिलिज भएको चलचित्र ‘प्रेमगीत’का कारण उनको यो वर्ष पनि चर्चा भयो । पूजा यो बर्ष चलचित्र ‘म यस्तो गीत गाउँछु’को छायांकनमा व्यस्त बनिन् । विशेषगरि, नायक पल शाहलाई आफूले मन पराएको भन्दै अभिव्यक्ति दिएपछि पूजाको चर्चा बढी भयो । यसपछि, मिडियाका हरेक प्रश्नमा पूजालाई जोडेर पलमाथि प्रश्न सोझाइयो । चुलबुले शैलीकी नायिका युटुबमा धेरै हेरिने कलाकारमा पर्छिन् । यसैले, पनि उनी बर्षभरि नै चर्चित बनिन् ।

LIVE TV