२२ बैशाख २०७४, शुक्रबार

बाबियाचौर । धौलागिरि गाउँपालिका–६ मराङस्थित राम्चे प्राविको कक्षाकोठा भवनको छानो बिहीबार दिउँसोको हावाहुरीले उडाएको छ ।

बेजोडका साथ चलेको हावाहुरीले दुईकोठे भवनको जस्तापाताको छानो उडाएको विद्यालयका प्रधानाध्यापक छोटेलाल ठाकुरले बताए । उनका अनुसार विद्यालयको प्रशासनिक कार्यालय र कक्षा ५ को पठनपाठन हुने भवनको छानो उडाएको हो ।

छानो उडाउँदा प्रशासन कक्षका सामानमा क्षति पनि पुगेको छ भने पठनपाठन सञ्चालनमा समस्या सिर्जना भएको छ । विद्यालय छुट्टी भइसकेपछि हुरीबतास चलेको थियो ।

LIVE TV