२१ बैशाख २०७४, बिहीबार

 

 

ब्रसेल्स (बेल्जियम) । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपियन युनियन (ईयू) ले बेलायतमा यही जुनमा हुन लागेको निर्वाचनमा हस्तक्षेप गर्नसक्ने भनी आएको अभिव्यक्तिलाई ईयू पार्लियामेन्ट प्रमुख एन्टोनियो ताजामीले बिहीबार खारेज गर्नुभएको छ ।

कसैले पनि संयुक्त अधिराज्यको निर्वाचनमा प्रभाव पार्ने प्रयास गरेको पनि छैन र गर्ने पनि छैन, ताजामीले युरोपियन इतिहास सङ्ग्रहालयको उद्घाटन समारोहका बीच सञ्चारकर्मीसँग बताउनुभएको हो ।

ईयू सदस्य हुनु र ईयूबाट बाहिरिनु एउटै होइन भन्ने अभिव्यक्ति दिनु कुनै आक्रमण र निन्दा होइन ताजामीले भन्नुभयो ।

बेलायती प्रधानमन्त्री मेले बुधबार ब्रसेल्सलाई बेलायतको आगाभमी जुनमा हुन लागेको मध्यावधि निर्वाचनलाई प्रभावित पार्ने प्रयास गरेको भनी आरोप लगाउनुभएको थियो ।

ईयू सदस्य समूहका ब्रेक्जिट वार्ताका मध्यस्थकर्ता माइकेल र्वािर्नयरले ईयूबाट छुट्टिने कुरा छिटो र पीडाहीन हुन नसक्ने बताएपछि मे बुधबार आक्रोशित बन्दै ईयूले निर्वाचनलाई प्रभावित तुल्याउन खोजेको बताउनुभएको थियो । रासस÷एएफपी

LIVE TV