२१ बैशाख २०७४, बिहीबार

काठमाडौँ । प्रजातान्त्रिक विचार समाजले प्रधानन्यायाधीश माथिको महाभियोग प्रस्तावले व्यवस्थापिका र न्यायपालिकाबीच दूरी बढाएको तथा समग्र कार्यपालिका, व्यवस्थापिका रन्यायपालिकाप्रति सर्वसाधारणको विश्वासलाई झनै कमजोर तुल्याएको जनाएको छ ।

समाजका अध्यक्ष डा केदारनरसिंह केसी र महासचिव गोकर्ण अर्यालले आज संयुक्त विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशले व्यक्तिगत स्वार्थ, नातावाद र कृपावादभन्दा कृपावादभन्दा माथि उठेर आफ्नो र पराइको व्यवहारभन्दा पनि संविधानको भावना र मर्मअनुरुप न्यायिक निर्णय दिनु उसको दायित्व र धर्म भएको जनाउँदै कार्यपालिकाले चालेको कदमलाई खबरदारी गर्दैमा न्यायपालिकालाई नै कमजोर बनाउने काम कुनै पनि क्षेत्र र पक्षबाट गर्न नहुने जनाइएको छ ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा कुनै प्रभाव नपरोस् भन्नेतर्फ राजनीतिक दलहरुलाई सचेत गराउँदै समाजले आम नागरिकलाई निर्भीकतापूर्वक आफ्नो मताधिकार प्रयोग गर्न पनि आह्वान गरेको छ । रासस

LIVE TV