२१ बैशाख २०७४, बिहीबार
  • यशोदा पौडेल,

नवलपरासी । दुई चरणमा निर्वाचन हुन लागेको नवलपरासीमा स्थानीय तह निर्वाचनलाई लिएर मिश्रित प्रतिक्रिया देखिएको छ । पहिलो चरणम स्थानीय तहको चुनाव हुन लागेको प्रदेश नम्बर ४ अन्तर्गत नवलपुर क्षेत्रमा चुनावी रौनक तातिएको छ भने पाँच नम्बर प्रदेश अन्र्तग दोस्रो चरणमा निर्वाचन हुने सदरमुकाम परासी क्षेत्र अझै सुनसान छ ।


नवलपरासीमा कामय भएको १५ वटा स्थानीय तह मध्ये प्रदेश नम्बर ४ मा पर्ने ८ वटा स्थानीय तहमा पहिलो चरणमा निर्वाचन हँुदै छ । जसमध्ये चार वटा नगरपालिकामा र चारवटा गाउँपालिकाहरुमा निर्वाचन हुने छन् ।
जस अनुसार पहिलो चरणमा निर्वाचन लागेको मध्ये नगरपालिकातर्फ गैडाकोट , देवचुली , कावासोती र मध्यविन्दुमा निर्वाचन हुने छन भने गाउँपालिका तर्फ बुलिङ्गटार , बुङ्गदीकाली , हुप्सेकोट र विनयी त्रिवेणी रहेका छन् ।
पहिलो चरणमा हुने निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन लक्षित प्रशिक्षण सम्पन्न भइसकेका छन् । साथै मतदातालाई सुसुचित गर्ने कार्य पनि अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार नवलपरासीमा यतिबेला मतदाता शिक्षा समेत लागु गरिएको छ । बदर मत प्रतिशत कम गर्न र बढी भन्दा बढी मतदाता मतदान कार्यमा संलग्न हुन भन्ने उदेश्यले मतदाता शिक्षा अभियान सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।
सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने तयारी गरिरहदा नवलपरासीमा हाल कायम भएका स्थानीय तह मध्ये पहिलो चरणमा ८ वटा स्थानीय तहमा निर्वाचन हँुदैछ । नवलपरासीमा हाल ६ वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये क्षेत्र न. १ , २ र ३ मा पहिलो चरणमा र निर्वाचन क्षेत्र न. ४ ५ र ६ मा दोस्रो चरणमा निर्वाचन हुँदैछ ।

LIVE TV