२१ बैशाख २०७४, बिहीबार

काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गर्दै देशभर हस्ताक्षर अभियान सुरु गरेका छन् । न्यायकर्मीलाई डर÷त्रास देखाएर न्याय आफनो हातमा लिने चेष्टा नगर्न सरकार र राजनीतिक दलहरुलाई चेतावनी दिदै निर्णय फिर्ता गराउन हस्ताक्षर अभियान सुरु गरेका हुन् ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले कार्यापालिकाको निर्णय विरुद्ध गलत ढंगले प्रधानन्यायाधीश सुशीला कार्कीले निर्णय गरेको भन्दै महाभियोगको प्रस्ताव दर्ता गराएको विरुद्ध न्यायाधीशहरुले आक्रोश व्यक्त गरेका हुन् ।
विहीबार काठमाडौंस्थित नेपाल बार एशोसिएसनमा भेला भएर उनीहरुले प्रधानन्यायाधीशमाथि सत्तारुढ दलले लगाएको महाभियोग प्रस्ताव फिर्ता लिन दवाव स्वरुप हस्ताक्षर अभियान सुरु गरेका हुन् । हस्ताक्षर कार्यक्रममा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले अदालतमाथि आक्रमण गरेर सरकार र राजनीतिक दलहरुले न्याय पाउने सामान्य नागरिकको अधिकार समेत हनन् गरेको भन्दै आक्रोश व्यक्त गरे ।
कानुन व्यवसायीहरुले विनाप्रमाण प्रधानन्यायाधीश कार्कीमाथि महाभियोग लगाउने काम भएको भन्दै फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिँदै आएका छन् ।

LIVE TV