२१ बैशाख २०७४, बिहीबार
  • तारा आचार्य,

मोरङ । जलवायु परिवर्तनका कारण हुने क्षति रोक्न तथा कृषि प्रविधि बारे जानकारी दिन मोरङमा कृषकहरुलाई सूचना उपकरण तथा सामग्रीहरु वितरण गर्न थालिएको छ । सूचना प्रविधिको माध्यमबाट धेरै भन्दा धेरै जानकारी र सूचना आदान प्रदान गर्न सकिने भएकाले कृषकहरुलाई स्मार्र्ट फोन मार्फत सूचना दिने कार्यक्रम शुरु गरिएको हो ।

बिहीवार विराटनगरमा आयोजित एक कार्यक्रम बीच कृषकहरुलाई मोबाइल, रेज गेज र थर्मामिटर वितरण गरियो । जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाले शुरु गरेको कृषि व्यवस्थापन सूचना प्रणाली अन्तर्गत मोरङका ६३ वटा कृषक समूहहरुलाई स्मार्ट फोन र सिम कार्ड वितरण गरिएको छ । कृषि मंत्रालयले शुरु गरेको हाम्रो कृषि एप्लिकेशन मार्फत कृषकहरुलाई मौसमी विवरण, मौसम अनुमान र कृषि तथा पशुपालन प्रविधि बारे जानकारी गराउने गरिन्छ ।

सो कार्यक्रममा जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका राष्ट्रिय निर्देशक विष्णु प्रसाद घिमिरेले हाम्रो कृषि एप प्रयोग गरी कृषकहरुले कृषि सम्बन्धि जानकारी पाउने मात्र नभईआफुले विकास गरेको प्रविधि बारे जानकारी दिन सक्ने बताए ।

 

LIVE TV