२१ बैशाख २०७४, बिहीबार

रोल्पा । नेपाल कम्युनिष्ट पार्टीसंग आवद्ध दुई जना कलाकारलाई रोल्पाको सदरमुकाम लिबाङबाट आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य एवम् जलजला सांस्कृतिक परिवार रोल्पाका अध्यक्ष हिमाल पुन छन् । पक्राउ पर्ने अर्का एक जनाको नाम भने खुल्न सकेको छैन् ।

सांस्कृतिक कार्यक्रम देखाउँदै गर्दा दुबै जनालाई प्रहरी पक्राउ गरिएको जनाएको छ । यसभन्दा अघि सो पार्टीले जिल्लाका सुलिचौर र घर्तीगाउँमा सांस्कृतिक कार्यक्रम देखाइसकेको सो पार्टी रोल्पाका सदस्य सन्तोष सुवेदीले जानकारी दिए ।

शान्तिपूर्ण ढङ्गले आफ्नो कला प्रस्तुत गरिरहेका बेला सांस्कृतिक कार्यक्रम गर्न पाउने अधिकारमा समेत सरकारले हस्तक्षप गरेको भन्दै तुरुन्त रिहा गर्न सुवेदीले स्थानीय प्रशासनसँग आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख रामप्रसाद घर्तीले भने सोधपुछका लागि उहाँहरुलाई नियन्त्रणमा लिइएको बताए ।

LIVE TV