२१ बैशाख २०७४, बिहीबार

काठमाडौं । बिहीबारका लागि बोलाइएको संसद बैठक दलहरुबीच सहमति जुट्न नसक्दा बस्दै नबसी स्थगित भएको छ । संविधान संशोधन र प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोगका विषयमा प्रतिपक्ष दलसँग सहमति जुट्न नसक्दा संसद बैठक स्थगित भएको हो ।

वैशाख १७ गतेका लागि बोलाइएको संसद बैठक काँग्रेसका पूर्व प्रतिनिधि सभा सदस्य नथुनी सिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको थियो ।

संसद सचिवालयमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र लगायतका सचेतकसँग छलफलका क्रममा एमालेले सदन चल्न नदिने अडान लिएपछि शुक्रबारसम्म सहमति जुटाउनका लागि सभामुखले १ दिनको समय दिनुभएको थियो ।

सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको महाभियोगमाथि छलफलका लागि सभामुखले समय तोेक्ने कार्यसूची रहेको थियो ।

LIVE TV