२१ बैशाख २०७४, बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच भेटवार्ता भएको छ । भेटमा संविधान संशोधन,महाभियोग प्रस्ताव र बजेट लगायतका विषयमा छलफल भएको हो ।

विहीबार बिहान सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भएको दुई पक्षीय वार्तामा संविधान संशोधन, आगामी आर्थिक वर्षको बजेट र प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग लगायतका विषयमा छलफल भएको थियो ।

संविधान संशोधनमा एमाले लगायत प्रतिपक्षीले दलले पनि समर्थन जनाउनुपर्ने र दोस्रो चरणको चुनावको वातावरण बनाउनु प्रधानमन्त्री दाहालले आग्रह गरेका थिए । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले प्रधानन्याधीश सुशीला कार्कीमाथि लागेको महाभियोगको प्रस्ताव फिर्ता नभए संसद चल्न नदिने र निर्वाचन अघि संशोधन नहुने बताए ।

यस्तै बैठकबाट बाहिरिएपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दुई पार्टीमा समसायमिक राजनीतिक विषयमा छलफल भएको बताए । आगामी दोस्रो चरणको निर्वाचन जेठ ३१ को चुनाव र जेठ १५ को बजेटलाई कसरी मिलाउने भन्ने विषयमा सकारात्मक छलफल भएको समेत बताए ।

पछिल्लो समय प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग प्रस्तावका सम्बन्धमा पनि दुई नेताहरुबीच कुराकानी भएको हो । महाभियोग प्रस्ताव आएपछि एमाले सत्तारुढ दलहरुसंग झनै टाढिएको छ ।

LIVE TV